Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रियताको धज्जी उडाएको भन्दै नेपालको राष्ट्रिय झण्डा

राष्ट्रियताको धज्जी उडाएको भन्दै नेपालको राष्ट्रिय झण्डा

  • लोकल सन्देश
  • बुधबार, जेष्ठ १७ २०७४


राष्ट्रियताको धज्जी उडाएको भन्दै नेपालको राष्ट्रिय झण्डा

इलामः इलामका राजनितिक दलहरुलाई बारम्वार राष्ट्रियता जोगाउन आग्रह गर्दा पनि वेवास्ता गरेपछि इलाम सदरमुकाममा एक युवाले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् । इलाम नगरपालिका–६ निवासी मुकेश शिवाले दलहरुका नेतालाई राष्ट्रको कुनै मायाँ नभएको आफ्नो दलको मात्र माया भएकोले देशको र राष्ट्रियताको लागि नेपालको राष्ट्रिय झण्डा आफुले चोक बजारमा पाटीको झण्डा भन्दा माथी फहराएको वताए । इलाम चोकवजारमा दलहरुले निर्वाचन आचारसहिंताको ख्याल सम्म नगरीकन अाफ्ना ठूला ठूला झण्डाहरु राखेका छन् । कतिपय उम्मेद्वारले शान्ति क्षेत्र उल्लंघन गर्दै विद्यालयमा समेत प्रचारका सामाग्री टास्न भ्याइसकेका छन । निर्वचन कार्यालयको आँखा अगाडी यस्तो गतिविधि हुँदा पनि निर्वाचन कार्यालय मौन वसेको छ । इलामका सार्वजनिक स्थानमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघिय समाजवादी लगायतका पार्टीका झण्डाहरु प्रशस्त राखिएको छ । यता जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले इलामका सवै राजनितिक दलहरुलाई झन्डा हटाउनमात्र नभइ निर्वाचन प्रचारपसारका लागी भेष्ट, झोला, टोपी जस्ता साँकेतिक सामाग्रीहरु प्रयोग नगर्न पत्रचार गरेपनि अटेर गरेको बताए । निर्वाचन आयोगले गत बैशाख १४ गते क्षेत्रिय निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी सांकेतिक सामाग्रीको प्रयोगमा रोक लगाउन निर्देशन दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार