Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उपशाखा कार्यालय इलामको फिक्कलमा उद्घाटन

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उपशाखा कार्यालय इलामको फिक्कलमा उद्घाटन

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज ११ २०७५


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उपशाखा कार्यालय इलामको फिक्कलमा उद्घाटन

सूर्योदय । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उपशाखा कार्यालय इलामको सूर्योदय नगरपालिका १० स्थित फिक्कलमा विस्तार भएको छ । फिक्कल बजारको गुम्बापथमा स्थापित उपशाखा कार्यालयको उद्घाटन बिहिबार चर्चित हाँस्य कलाकारको जोडि सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले संयुक्त रुपमा रिबन काटेर गरे ।

शाखा उद्घाटनपछि सुर्योदय नगरपालिकाको कार्यालयमा विमा जागरण कार्याक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्ध कमलराज गौतम र साहायक महाप्रबन्धक तुलसीनाथ पौडेलले लाइफ इस्योरेन्सको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा हाँस्यजोडि धुर्मुस र सुन्तलीले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जानकारी गराउनका साथै उपस्थित पूर्वी इलामबासीलाई भरपुर मनोरञ्जन दिएका थिए । उनीहरुले वीमा गरेर जीवन सुखमय बिताउन उपस्थित समुदायलाई आग्रह गर्दै सन नेपाल लाइफ इन्स्योरेन्समा नै जीवन वीमा गर्न समेत आह्वान गरेका थिए ।
सोही अवसरमा सुर्योदय नगर उद्योग बाणिज्य संघका उपाध्यक्ष टिकाराम अधिकारी, नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना, रेडियो वुद्धबाणि एफ एमका कार्यकारी अध्यक्ष दिनेश महतले सुभाकामना दिएका थिए ।
कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय इलाम शाखा प्रमुख टंक श्रेष्ठ र अभिकर्ताहरुको उपस्थिति रहेको   थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार