इलाम । सूर्योदय नगर उद्योग बाणिज्य संघ इलामको बैठक बुधबार सूर्योदय नगरपालिका १० स्थित फिक्कल बजारमा सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ अध्यक्ष प्रमोद राईको अध्यक्षतामा सम्पन्न बैठकले एक जना कार्यसमिति सदस्य र २ जना संल्लाहाकारलाई मनोनयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने २ जना सदस्यमध्ये कुखुरा व्यवसायीको तर्फबाट घिमिरे फिड सप्लायर्सका प्रोपाइटर गणेश घिमिरेलाई मनोनयन गरेको हो । यस्तै उद्योग बाणिज्य संघले सूर्योदय नगरपालिका १० का व्यवसायी ज्ञानिराम श्रेष्ठ र वडा नम्बर २ का व्यवसायी मिलन क्षेत्रीलाई सल्लाहाकारमा मनोनयन गरेको छ ।
बैठकले मेचीराजमार्गको विभिन्न स्थानमा संकलन हुँदै गरेको करका बारेमा अध्ययन गर्न अध्यक्ष प्रमोद राईको संयोजकत्वमा समिति गठन गरेको हो । यस्तै नेपालीहरुको चाडपर्व नजिकिँदै गरेकाले सूर्योदय नगरपालिका क्षेत्रका बजारको व्यवस्थित गर्न सूर्योदय नगर सरकार र सान्तिसुरक्षाका व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको उद्योग बाणिज्य संघका सदस्य सुजन तिमसिनाले बताउनुभयो ।