मानेभञ्ज्याङ । मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपको दोश्रो क्वाटरफाइनल खेलमा आज गुम बोइज युथ क्लब दार्जिलिङ र दार्जिलिङ युनाइटेडविच प्रतिस्पर्धा हुँदैछ । गुम बोइजले प्रि–क्वाटरफाइनल खेलमा वेस्ट वंगाल फोरेस्टलाई ४–२ गोल अन्तरले हराउँदै क्वाटरफाइन प्रवेश गरेको हो भने दार्जिलिङ युनाइटेडले शेर फुटबल क्लबलाई २–० गोल अन्तरले हराएको हो ।
त्यसैगरी मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन झापा–११ लाई ३–१ गोल अन्तरले हराँउदै युनाइटेड ब्रदर कालेम्पोङ सेमीफाइन प्रवेश गरेको छ । सेमीफाइनल प्रवेशसंगै कालेम्पोङले कम्तीमा २५ हजार भारतिय रुपैया पक्का गरेको छ । कालेम्पोङको जितमा देवाशिस राईले २ गोल र समिप गुरुङले १ गोल गरेका थिए । झापाका सन्जोक राईले सान्तवाना गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच देवाशिस राई घोषित भए । असोज १६ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले भारतिय २ लाख रुपैया र उपबिजेताले नगद १ लाख प्राप्त गर्नेछ । सेमीफाइन पुग्ने टिमलाई २५ हजार रुपैया प्रदान गरिने छ ।