मानेभञ्ज्याङ । मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकप अन्र्तगत सोमबारको खेलमा विराटनगर एघार र फिक्कल बिजयी भएका छन । सोमबारको पहिलो खेलमा आयोजक मानेभञ्ज्याङ फुटबल क्लबलाई ५–२ गोल अन्तरले हराउँदै विराटनगर क्वाटरफाइनलमा पुगेको हो । आइतबार मौसमका कारण स्थगित गरिएको आयोजक र विराटगनर विचको खेल सोमबार गरिएको थियो । विराटनगरको जितमा भुवन बस्नेत एक्लैले ५ गोल गरे । आयोजकका रिपत राई र लाक्पा तेन्जि भुटियाले समान १-१ गोल फर्काए । खेलको म्यान अफ दि म्याच गोलकर्ता भुवन बस्नेत घोषित भए ।
त्यसैगरी दोश्रो खेलमा फिक्कल एफसीले ४/८ गोर्खा रेजिमेन्टलाई २–१ गोल अन्तरले हरायो । फिक्कलका लागी प्रदिप बिष्ट र बाङचु लामाले समान १÷१ गोल गरे भने गोर्खा रेजिमेन्टका रेभोन सुन्दासले गोल फर्काए । खेलको म्यान अफ दि म्याच वाङचु लामा घोषित भए । आज हुने क्वाटरफाइल अन्र्तगतको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन झापा–११ ले युनाइटेड ब्रदर कालेम्पोङको सामना गर्नेछ । झापाले प्रि–क्वाटरफाइनलमा प्लेइङ सेभेन फाटकलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराँउदै क्वाटरफाइनल प्रवेश गरेको हो भने कालेम्पोङले सिक्किम आक्रमन एफसी गान्तोकलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।