इलाम । इलाममा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय इलाममा रहेको चार आर्थिक वर्षको तथ्याङ्क अनुसार इलाममा आत्महत्या गर्ने मानिसको संख्या हरेक वर्ष बढ्दै गएको हो । चार वर्षमा ४ सय १० वटा आत्महत्याका घटना भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०७१÷७२ मा इलाममा ९९ जनाले आत्महत्या घटना भएका छन् । त्यसमा भुण्डिएर आत्महत्या गर्नेको संख्या धेरै रहको छ । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा ८३ जनाले झुण्डिएर, १५ जनाले बिष सेवन गरेर र १ जनाले घरेलु हतियार प्रयोग गरेर आत्महत्या गरेका छन् । झुण्डिएर आत्महत्या गर्नेमा ३९ जना महिला र ४० जना पुरुष रहेका छन् । यस्तै बिष सेवन गरि आत्महत्या गर्नेमा महिलाको संख्या बढी रहेको छ । जसमा १० जना महिला र ५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आर्थिक वर्ष २०७१÷०७२ मा १ जना पुरुषले हतियार प्रयोग गरेर आत्महत्या गरेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२÷७३ मा आत्महत्याका १ सय २ वटा घटना भएका छन् । जसमा ९१ वटा झुण्डिएर, ९ वटा बिष सेवर गरि र १ वटा हाम फालेर आत्महत्या गरेका छन् । झुण्डिएर आत्महत्या गर्नेमा ३५ जना महिला र ५१ जना पुरुष रहेका छन् । यस्तै बिषसेवन गरि आत्महत्या गर्नेमा २ जना महिला ६ पुरुष र १ जना बालीका रहेको प्रहरीको तथ्याङ्क छ । हाम फालेर आत्महत्या गर्नेमा १ जना पुरुष रहेका छन् ।
यस्तै आर्थिक वर्ष २०७३÷७४ मा १ सय ८ वटा आत्महत्या घटना भएका छन् । जसमा झुण्डिएर आत्महत्या गर्नेमा ९९ जना रहेका छन् । प्रहरीका अनुसार ४० जना महिला ५७ जना पुरुष १ बालक र १ बालीकाले झुण्डिर आत्महत्या गरेका छन् । यस्तै बिष सेवन गरि आत्महत्या गर्नेमा ४ जना पुरुष ४ जना महिला रहेका छन् । यस आर्थिक वर्षमा १ जना पुरुषले हाम फालेर आत्महत्या गरेको तथ्याङ्क छ ।
जिल्ला प्रहरी कार्यालय इलामले आर्थिक वर्ष २०७४÷०७५ मा १ सय १ वटा आत्महत्याका घटना भएका छन् । यस आर्थिक वर्षमा झुण्डिएर आत्महत्या गर्नेमा २५ जना महिला ६० जना पुरुष रहेको छन् । यस्तै बिष सेवन गरेर आत्महत्या गर्नेमा ५ जना महिला ८ पुरुष र १ जना बालिका रहेका छन् । यस आर्थिक वर्षमा १ जना महिलाले हाम फालेर आत्महत्या गरेकी छन् भने १ जना पुरुषले हतियार प्रयोग गरि आत्महत्या गरेका छन् । आत्महत्याका घटना बढ्दै गएपछि इलामको एक स्थानीय तह चुलाचुलीले न्युनीकरणका लागि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ भने प्रहरीले पनि सचेतनाका कार्यक्रम बढाएको जिल्ला पहरी कार्यालय इलामका प्रमुख माधव श्रेष्ठले बतानुभयो । आत्महत्या घटना बढ्दै गएपछि सरकारी निकायले सचेतना कार्यक्रम बढाउनुपर्ने नागरिकस्तरबाट सुझाव आएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो ।