मानेभञ्ज्याङ । नेपाल– भारत सिमानाको मानेभञ्ज्याङमा जारी चौथो संस्करणको मानेभञ्ज्याङ गोल्डकपमा आइतबारको खेलमा चर्च व्वाइज काठमाण्डौ बिजयी बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । आइतबार भएको खेलमा चर्च व्वाइजले मुनाल एफसी सोनाडा भारतलाई टाइव्रेकरमा हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो । निर्धारित समयको खेलमा दुवै टिमबाट ३/३ गोल भएपछि निर्णय सडनडेथबाट गरिएको थियो । ७० मिनेटको खेलमा मुनालका तर्फबाट पवन तामाङ, सन्जय शर्मा र सोनु हुसेनले गोल गरेका थिए भने चर्च व्वाइजका कप्तान अरुण श्रेष्ठले ह्रयाट्रिक गरेका थिए । ह्रयाट्रिक गरेका कप्तान श्रेष्ठ म्यान अफ दि म्याच चुनिए ।
त्यसैगरी मौसमका कारण आयोजक मानेभञ्ज्याङ फुटबल क्लब र विराटनगर ११ बिचको आजको दोश्रो खेलमा हुने सकेन । सोमबार अपराहन्न साढे ११ बजे खेल गरिने भएको छ । त्यसैगरी सोमबार नै फिक्कल एफसी र गोर्खा रेजिमेन्ट विच खेल हुनेछ । फिक्कलले सिमलबारी एफसी भारतलाई ३–१ गोल अन्तरले हराँउदै प्रि–क्वाटरफाइनल प्रवेश हो भने गोर्खा रेजिमेन्ट बाइ पाउँदै प्रि–क्वाटरफाइनल पुगेको हो ।
असोज १६ गते (२ अक्टोवर) सम्पन्न हुने खेलमा नेपाल र भारतका २२ टिमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेताले भारतिय २ लाख रुपैया प्राप्त गर्नेछ भने उपबिजेताले नगद १ लाख रुपैया प्राप्त गर्नेछ । त्यसैगरी सेमीफाइनल पुग्ने २ टोलीले जनही २५ हजार प्राप्त गर्नेछ ।
https://www.facebook.com/Rickden/videos/pcb.2161534817446090/10212869680281972/?type=3&theater&ifg=1