Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

चौथो मानेभञ्ज्याङ गोल्डकप सुरु, नेपाल सहित भारतका २२ क्लब सहभागी

चौथो मानेभञ्ज्याङ गोल्डकप सुरु, नेपाल सहित भारतका २२ क्लब सहभागी

  • नमीन ढकाल
  • शनिबार, भाद्र ३० २०७५


चौथो मानेभञ्ज्याङ गोल्डकप सुरु, नेपाल सहित भारतका २२ क्लब सहभागी

इलाम । दार्जिलिङको प्रतिष्ठित मानेभञ्ज्याङ गोल्डकपको चौथा संस्करण शनिबारबाट सुरु भएको छ । नेपाल भारत सिमानाको मानेभञ्ज्याङ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्धघाटन खेलमा प्लेइङ सेभेन फुटबल क्लब फाटक नेपाल विजयी भएको छ । फाटकले भारत सिलिगुडीको कञ्चनजंघा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रि–क्वाटरफाइनल प्रवेश गरेको हो ।

७ साइडको मानेभञ्ज्याङ खेलमैदानमा भएको खेलको १८ औ मिनेटमा फाटकका गोलरक्षक विनोद क्षेत्रीको प्रहार कञ्चनजंघाका गोलरक्षकलाई छल्दै गोलपोष्टको दिशा लिएको थियो । खेलको २९ औ मिनेटमा अनित राईले खेल बराबरी ल्याए ।
दोश्रो हाफको अन्तिम समयमा बिजय राईले गोल गर्दै फाटकको जित निश्चित गरे । फाटकले पहिलो प्रि–क्वाटरमा असोज ५ गते झापा–११ को सामना गर्नेछ । झापा दोश्रो संस्करणको मानेभञ्ज्याङ गोल्डकपको बिजेता समेत हो ।

फाटकका खेलाडीको प्रहार रोक्दै कञ्चनजंघाका गोलरक्षक

प्रतियोगिता अन्र्तगत आइतबारको पहिलो खेलमा गुम वोइज युथ क्लबले धुडिया उत्तर प्रदेश र टिकेएसस दार्जिलिङले अमुक्त परिवार सिलिगुडीको सामना गर्नेछ । प्रतियोगितामा नेपालका सहित भारतका २२ क्लबको सहभागीता रहको छ । असोज १६ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले भारतीय रुपैया २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । त्यसैगरी सेमीफाइनलबाट बाहिरिने २ टोलीलाई जनही २५ हजार रुपैया प्रदान गरिने आयोजक समितीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार