Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामलाई हराँउदै विर्तामोड फाइनलमा

इलामलाई हराँउदै विर्तामोड फाइनलमा

  • लोकल सन्देश
  • शनिबार, भाद्र ३० २०७५


इलामलाई हराँउदै विर्तामोड फाइनलमा

 इलाम। रेडहर्ष क्लब इलामलाई हराउँदै विर्तामोड युनाइटेड मोरङको लक्ष्मीमार्गमा जारी दोश्रो अन्तरराष्ट्रिय आमन्त्रण बुद्ध एयर डागीहाट गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । शुक्रवार भएको दोश्रो सेमीफाइनल खेलमा ईलामलाई ३ –२को गोल अन्तरले पराजित गर्दै विर्तामोड फाईनलमा प्रवेश गरेको हो ।

निकै प्रतिश्पर्धात्मक खेलमा विर्तामोडले ईलामलाई प्रेसर बढाउदै गएपछि पहिलो हाफमा नै दुईगोल गरेका थिए । खेल संचालन भएको १० औं मिनेटमा विर्तामोडका लक्ष्मण चौधरीले पहिलो गोल गरेका थिए । त्यसैगरी विर्तामोडका रोशन थाम्सुहाङले पहिलो हाफको १३ औं मिनेटमा दोश्रो गोल गरि २–०को अग्रता दिलाएका थिए ।

दोश्रो हाफमा इलामले पुनः विर्तामोडलाई दवावमा राख्न सफल भयो । तर निर्धारित समयमा गोल हुन सकेन । खेलको अन्त्यतिर अतिरिक्त ४ मिनेटको समयमा इलामका तर्फबाट अनिल तिम्सिनाले गोल गरेका थिए । त्यसको लगत्तै एक मिनेट पनि वित्न नपाउदै पुन विर्तामोडका तर्फबाट सञ्जय धिमालले जवाफी गोल गरेका थिए । अतिरिक्त समयको अन्तिममा ईलामका दर्शन गुरुङले सेन्टरबाट ड्रिव्लिङ्ग गर्दै गोल अगाडि बढाएर गोल गरेका थिए ।

प्रतियोगिताको म्यान अफ दि म्याच विर्तामोडका रोशन थाम्सुहाङ घोषित भएका छन् । उनलाई नगद पाँचहजार पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचाका नगरप्रमुख शिव ढकालले प्रदान गरेका थिए । शनिवार हुने फाईनल खेल विर्तामोड र मोरङ एकेडेमी विच हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार