Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भाग्योदय विद्यालय गोगनेमा बाल दिवस मनाइयो

भाग्योदय विद्यालय गोगनेमा बाल दिवस मनाइयो

  • दिनेश महत
  • शुक्रबार, भाद्र २९ २०७५


भाग्योदय विद्यालय गोगनेमा बाल दिवस मनाइयो

फिक्कल । सुखी नेपाली समृद्ध नेपाल बालअधिकार सवैको सरोकार भन्ने मुल नाराका साथ २९ औ राष्ट्रिय बालदिवस विविध कार्यक्रम विच सुर्योदय नगरपालिकामा मनाइएको छ । श्री भाग्योदय आधारभुत बिद्यालय गोगने को आयोजना र करुणा फाउन्डेसन नेपालको सहयोगमा सुर्योदय नगरपालिका–६, ७ र ८ का ७ विद्यालयलाई सहभागीता गराएर अन्तर आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियोगिता र विविध सांस्कृतक कार्यक्रम सम्पन्न भएको छ ।

हाजिरी जवाफ प्रतियोगितामा नवज्योती आधारभुत विद्यालय सुर्योदय नगरपालिका–७ प्रथम, श्री कृष्णाश्रम माध्यमिक विद्यालय द्धितिय र भाग्योदय आधारभुत विद्यालय तृतिय भएको थियो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अमृत कटुवालको सभापतित्वमा भएको कार्यक्रमको वडा नं ७ का अध्यक्ष लेखनाथ खड्काको प्रमुख आतिथ्यता रहेको थियो । विद्यार्थी सन्ध्या घलेको स्वागत मन्तव्य रहेको कार्यक्रमको औचित्यमाथी प्रधानाध्यापक तेजराज आर्चायले प्रकाश पारेका थिए । त्यस्तै कार्यक्रममा करुणा फाउन्डेसनका प्रतिनिधी राजकुमार नेपाली, विद्यालय व्यवस्थापन समितीका संस्थापक अध्यक्ष डम्बर बहादुर कटुबाल, श्रीकृष्णाश्रम विद्यालयका प्रधानाध्यापक देउकुमार दाहाल लगायतको मन्तव्य रहेको थियो ।

कार्यक्रममा नियमित विद्यालय आउने, सरसफाइ, तिक्ष्ण विद्यार्थी तथा साना उमेरमै विद्यालय भर्ना भएकी डिमएन्जल घलेलाई शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा अपाङगता भएका विभिन्न विद्यालयका ८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

शैक्षिक सामाग्री प्राप्त गर्नेहरुमा बालविकास आधारभुत विद्यालयकी नमुना राई, पञ्चकन्या आधारभुत विद्यालयकी सविना पोखरेल, श्रीकृष्णाश्रम विद्यालयका सान्डुप तामाङ र साजन तामाङ, नवज्योती आधारभुत विद्यालयका भाष्कर पौडेल र प्रेमदिप लाप्चा, सिद्ध आधारभुत विद्यालयकी झर्ना श्रेष्ठ, मालुम आधारभुत विद्यालय अप्सना तामाङ रहेकी छन ।

कार्यक्रमको संचालन शिक्षक अर्जुन वेदना राईले गरेका थिए । कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक शिक्षिका, जनप्रतिनिधी, समाजसेवी, स्थानियबासी र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार