Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फाइनल प्रवेशका लागी रेड हर्स इलाम र बिर्तामोड युनाइटेड आमनेसामने

फाइनल प्रवेशका लागी रेड हर्स इलाम र बिर्तामोड युनाइटेड आमनेसामने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २९ २०७५


फाइनल प्रवेशका लागी रेड हर्स इलाम र बिर्तामोड युनाइटेड आमनेसामने

इलाम । दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो सेमीफाइनल खेलमा रेड हर्स क्लब इलाम र बिर्तामोड युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । दोश्रो क्वाटरफाइनल खेलमा विर्तामोडले डाँगीहाट युथ क्लबलाई टाइबेकरमा ५–३ गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । त्यसैगरी रेड हर्सले क्वाटरफाइनल खेलमा यु–१८ राष्ट्रिय टिमलाई सडनडेथमा हराउँद विर्तामोडसंगको भेट पक्का गरेको हो ।

विहीबार भएको पहिलो सेमीफाइनलमा चर्च ब्वाइज क्लब काठमाण्डौलाई २–१ ले हराउँदै मोरङ फुटबल एकाडेमीले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । मोरङको बेलबारी नगरपालिका–११ मा रहेको लक्ष्मीमार्ग मैदानमा बिहीबार भएको सेमिफाइनलमा खेलको ३७औं मिनेटमा मोरङले सञ्जोग राईको गोलमार्फत खेलमा अग्रता लिएको थियो । राईले प्रहार गरेको बल चर्च ब्वाइजका गोलरक्षक विवश चौधरीले क्लियर गर्न नसक्दा रिवाउन्डमा उनैले जाली चुमाएका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा मोरङले खेललाई २–० को स्थितिमा र्पुयाएको थियो। एक्लै बल लिएर अघि बढेका विदेशी खेलाडी प्रेकले वान भर्सेस वानको स्थितिमा भली गर्दै बललाई पोस्टको दिशा दिएका थिए ।
७८औं मिनेटमा निरज बस्नेतले गोल फर्काए पनि चर्च ब्वाइजलाई जितका लागि पर्याप्त हुन सकेन। विपक्षी खेलाडीलाई छक्याएर बल अगाडि बढाएका उनले मोरङका गोलरक्षक किशोर गिरीलाई बिट गर्दै गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच मोरङका विवेक पौडेल भए।

प्रतिक्रिया
सम्बन्धित समाचार