भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ। मन्त्रालयले भदौ ३० गते गरेको निर्णयअनुसार इलामका दुई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि परिवर्तन भएका छन्।
मन्त्रालयको निर्णयअनुसार रोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानको सरुवा भएको छ । उनको स्थानमा झापा कारागार कार्यालयबाट रेवन्त भट्टराईलाई खटाइएको छ। चौहानलाई भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सरुवा गरिएको मन्त्रालयको सूचीमा उल्लेख छ।
त्यसैगरी फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकको पनि सरुवा भएको छ। तुम्रोकलाई सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ । उनको स्थानमा जिल्ला प्रशासन कार्यालय झापाबाट कमलप्रसाद ढुङ्गेललाई फाकफोकथुम गाउँपालिकामा खटाइएको छ।
मन्त्रालयको पछिल्लो निर्णयसँगै इलामका यी दुई गाउँपालिकाको प्रशासनिक नेतृत्वमा नयाँ अधिकृत आउने भएका छन्। प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक नेतृत्वसँगै कार्यालय सञ्चालन, कर्मचारी व्यवस्थापन, बजेट तथा योजना कार्यान्वयन र सेवा प्रवाहमा महत्वपूर्ण भूमिकामा रहने भएकाले सरुवालाई स्थानीय तहको प्रशासनिक व्यवस्थापनमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
मन्त्रालयले देशभरका विभिन्न स्थानीय तह तथा संघीय निकायमा कार्यरत अधिकृतहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा कोशी प्रदेशका स्थानीय तहमा पनि व्यापक सरुवा गरेको हो। मन्त्रालयको यो सरुवा सूचीमा झापाको कमल गाउँपालिकामा भने एउटा रोचक र अन्योलपूर्ण अवस्था देखिएको छ। सो गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा मन्त्रालयले एकैपटक दुई जनालाई खटाएको देखिन्छ।
सूचीको सि.नं। ४५ मा पाँचथरको फालेलुङबाट सुमन याङ्या र सि.नं। ५२ मा जिल्ला निर्वाचन कार्यालय तेह्रथुमबाट सुनिता रिमाल दुवैलाई कमल गाउँपालिकामा खटाइएको छ। यसअघि त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालको भने गृह मन्त्रालयमा सरुवा भएको छ।
कोशी प्रदेशको प्रशासनिक हेरफेरस् को आए, को गए ?
१. कोशी प्रदेशमा भित्रिएका (केन्द्र वा अन्य प्रदेशबाट आउनेहरू)
- मित्र देव लम्साल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कानेपोखरी गाउँपालिका, मोरङ।
- अंकित मंग्राती : अध्यागमन विभाग, काठमाडौँबाट केरावारी गाउँपालिका, मोरङ।
- प्रदिप भट्टराई : लगानी बोर्डको कार्यालय, काठमाडौँबाट खोटेहाङ गाउँपालिका, खोटाङ।
- दिनेश खत्री : सूचना तथा सञ्चार मन्त्रालयबाट मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गा।
- महेश श्रेष्ठ : मरिण गाउँपालिका, सिन्धुलीबाट लिखुपिके गाउँपालिका, सोलुखुम्बु।
- हितेश बस्नेत : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङबाट फालेलुङ गाउँपालिका, पाँचथर।
- युनिल राई : सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रबाट सिरिजङ्घा गाउँपालिका, ताप्लेजुङ। सञ्चार मन्त्रालय।
२. कोशी प्रदेशभित्रै सरुवा भएका (एक जिल्ला/तहबाट अर्कोमा)
- सुमन याङ्या : फालेलुङ, पाँचथरबाट कमल गाउँपालिका, झापा।
- सुनिता रिमाल : जिल्ला निर्वाचन कार्यालय, तेह्रथुमबाट कमल गाउँपालिका, झापा।
- रीता खतिवडा : धनपालथान, मोरङबाट चौविसे गाउँपालिका, धनकुटा।
- दिनेश कुमार राई : मानेभञ्ज्याङ, ओखलढुङ्गाबाट नेचा सल्यान गाउँपालिका, सोलुखुम्बु।
- सुनिल पौडेल : पाख्रिवास, धनकुटाबाट पौवादुङमा गाउँपालिका, भोजपुर।
- रेवन्त भट्टराई : कारागार कार्यालय, झापाबाट रोङ गाउँपालिका, इलाम।
- भक्त बहादुर राई : उदयपुरगढी, उदयपुरबाट रौतामाई गाउँपालिका, उदयपुर।
- कमल प्रसाद ढुङ्गेल : जिल्ला प्रशासन कार्यालय, झापाबाट फाकफोकथुम गाउँपालिका, इलाम।
- कमल पनेरु : मालपोत कार्यालय, दमकबाट हिलिहाङ गाउँपालिका, पाँचथर।
- नविन भट्टराई : पौवादुङमा, भोजपुरबाट हल्दिबारी गाउँपालिका, झापा।
- देवेन्द्र सुवेदी : जि.प्र.का सोलुखुम्बुबाट झापा गाउँपालिका, झापा।
- महेश निरौला : हतुवागढी, भोजपुरबाट गौरीगञ्ज गाउँपालिका, झापा।
- महेश राई : खोटेहाङ, खोटाङबाट एसेलुखर्क गाउँपालिका, खोटाङ।
- टोपेन्द्र कुमार लिम्बू : हिलिहाङ, पाँचथरबाट छथर गाउँपालिका, तेह्रथुम।
- जनार्दन निरौला : झापा गाउँपालिकाबाट कुम्मायक गाउँपालिका, पाँचथर
- रोसुना कोइराला : मुख्यमन्त्री कार्यालय विराटनगरबाट शहीदभूमि गाउँपालिका, धनकुटा।
- सन्दिप न्यौपाने : कारागार धनकुटाबाट हतुवागढी गाउँपालिका, भोजपुर।
- विकेन पौडेल : लिखुपिके, सोलुखुम्बुबाट धनपालथान गाउँपालिका, मोरङ।
- जीवन सुवेदी : मुख्यमन्त्री कार्यालय विराटनगरबाट रामप्रसाद राई गाउँपालिका, भोजपुर।
- सौ धन राई : केपिलासगढी, खोटाङबाट उदयपुरगढी गाउँपालिका, उदयपुर।
- विमल गौतम : मिक्वाखोला, ताप्लेजुङबाट कचंकवल गाउँपालिका, झापा।
३. कोशी प्रदेशबाट बाहिरिएका (संघीय मन्त्रालय/विभागमा जानेहरू)
- बुक प्रसाद आचार्य : सभापोखरी, संखुवासभाबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय।
- हिरा कुमारी यादव : कानेपोखरी, मोरङबाट सूचना तथा सञ्चार मन्त्रालय।
- जय नारायण खनाल : कुम्मायक, पाँचथरबाट गृह मन्त्रालय।
- केशव कुमार ढकाल : कमल गाउँपालिका, झापाबाट गृह मन्त्रालय।
- रोहिणी आचार्य : हरिनगर, सुनसरीबाट भूमि व्यवस्थापन तथा अभिलेख विभाग।
- जय राम श्रेष्ठ : केरावारी, मोरङबाट भूमि व्यवस्थापन तथा अभिलेख विभाग।
- सूर्य बहादुर भण्डारी : शहीदभूमि, धनकुटाबाट भूमि व्यवस्थापन तथा अभिलेख विभाग।
- रेख बहादुर थापा : ऐसेलुखर्क, खोटाङबाट गृह मन्त्रालय।
- टंकनाथ घिमिरे : नेचा सल्यान, सोलुखुम्बुबाट गृह मन्त्रालय।
- बाबु नन्दन मेहता : चौविसे, धनकुटाबाट गृह मन्त्रालय।
- राम राज पौडेल : याङवरक, पाँचथरबाट सूचना तथा सञ्चार मन्त्रालय।
- डम्बर बहादुर आङ्देम्वे : सिरिजङ्घा, ताप्लेजुङबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय।
- लिला राज श्रेष्ठ : रौतामाई, उदयपुरबाट गृह मन्त्रालय।
- विनोद कुमार चौहान : रोङ, इलामबाट भूमि व्यवस्थापन तथा अभिलेख विभाग।
- सन्तोष श्रेष्ठ : मिक्लाजुङ, पाँचथरबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय।
- निर्मल तुम्रोक : फाकफोकथुम, इलामबाट सूचना तथा सञ्चार मन्त्रालय।
- मान बहादुर बन : हल्दिबारी, झापाबाट सूचना तथा सञ्चार मन्त्रालय।
- इन्द्र बहादुर दर्जी : मकालु, संखुवासभाबाट युवा, श्रम तथा रोजगार मन्त्रालय।
- स्काइ पोखरेल : कचंकवल, झापाबाट सूचना तथा सञ्चार मन्त्रालय।
- गजेन्द्र थपलिया : बाह्रदशी, झापाबाट सूचना तथा सञ्चार मन्त्रालय।

