Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज १ २०८३


देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलामको देउमाई नगरपालिका–१, चमैतास्थित साधुगाउँ–देउराली भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको मे १ ज ३७०६ नम्बरको बोलेरो सडकमा पल्टिँदा देउमाई नगरपालिका–१, चमैताका अन्दाजी ३५ वर्षीय चालक तीर्थराज बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रहरीका अनुसार बोलेरो सडकमा पल्टिएपछि चालकलाई सोही गाडीले थिचेको थियो। दुर्घटनाबारे बिहान ६ बजे प्रहरी चौकी रक्सेमा जानकारी प्राप्त भएको थियो। जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलतर्फ खटिएको थियो।

टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रारम्भिक बुझाइअनुसार दुर्घटनाका बेला बोलेरोमा चालक बस्नेत एक्लै सवार थिए। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक सन्तोषकुमार राईको कमाण्डमा घटनास्थल अधिकृत सहितको टोली घटनास्थलतर्फ खटिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार