माई। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत माई नगरपालिका–६ मा वडा समिति तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्। वडा सभापति पूर्णविक्रम नेम्बाङको सभापतित्वमा २०८३ भदौ २९ गते बसेको बैठकले वडा समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन गरेको हो। बैठकबाट हर्कबहादुर योङ्हाङको सभापतित्वमा नयाँ वडा समिति गठन गरिएको छ।
समितिको उपसभापतिमा प्रदिप लिम्बू र तुलसा गिरी, सचिवमा मनि कुमार आङ्देम्बे, कोषाध्यक्षमा सबिना तुम्बङ्फे तथा सहसचिवमा राज नन्द लिङ्देन चयन भएका छन्। त्यस्तै सदस्यहरूमा दिपक पौडेल, बिष्णु कुमार योङ्हाङ, दलबहादुर खड्का, अर्जुन आङ्देम्बे, चन्द्रकला बि।क।, घनश्याम पौडेल र रमेश राई चयन भएका छन्।
यसैगरी १५औँ महाधिवेशनका लागि महिला क्षेत्रीय प्रतिनिधिमा चन्द्रमाया लिम्बू, लक्ष्मीमाया राई र दिलमाया कोइराला चयन भएका छन्। खुलातर्फ हेमबहादुर लिम्बू, खड्गसुन्दर योङ्हाङ, रविन राई, मित्रलाल गिरी र रनकुमार लिम्बू चयन भएका छन्। समावेशीतर्फ पूर्णविक्रम नेम्बाङ, सेमिहाङ योङ्हाङ, तिलबहादुर लिम्बू, धनवीर लिम्बू, नरेन्द्र आङ्देम्बे र मनि कुमार आङ्देम्बे चयन भएका छन्।
श्रमिक तथा पेशागततर्फ प्रदिप लिम्बू लिम्बु, दलिततर्फ धनमाया सिन्चुरी, युवातर्फ रुपेस राई, रमेस घिमिरे र जेसिका योङ्हाङ तथा अन्यतर्फ बाज वर्ण पौडेल चयन भएका छन्।