Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आज रेडहर्स इलाम र देवदह रुपन्देही भिड्दै

आज रेडहर्स इलाम र देवदह रुपन्देही भिड्दै

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २९ २०८३


आज रेडहर्स इलाम र देवदह रुपन्देही भिड्दै

इलाम । तेस्रो चितवन गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत रेडहर्स फुटबल क्लब इलामले देवदह ब्वाइज रुपन्देहीसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा आज रेडहर्स इलाम र देवदह ब्वाइज रुपन्देही आमनेसामने हुन लागेका हुन्।

यसअघि आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा  सूर्यपुर एफसी कालिका चितवनले सातदोबाटो युथ क्लब ललितपुरलाई ३–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सूर्यपुर एफसीको जितमा शिशिर लेखी, लच्छु थापा र विक्की चाम्लिङ राईले समान एक–एक गोल गरे। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सूर्यपुर एफसीका सुमित श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ घोषित भए।

असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

रेडहर्स इलामले देवदह ब्वाइजविरुद्धको खेल जित्दै अन्तिम चारमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार