Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भोटेकोशी बाढीपीडितका लागि इलामका इसाई समुदायबाट १० लाख ४८ हजारभन्दा बढी राहत संकलन

भोटेकोशी बाढीपीडितका लागि इलामका इसाई समुदायबाट १० लाख ४८ हजारभन्दा बढी राहत संकलन

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र २७ २०८३


भोटेकोशी बाढीपीडितका लागि इलामका इसाई समुदायबाट १० लाख ४८ हजारभन्दा बढी राहत संकलन

इलाम । भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले इलामका इसाई समुदायले १० लाख ४८ हजार ५१० रुपैयाँ आर्थिक सहयोग संकलन गरेका छन्।
जिल्ला इसाई समाज इलामको नेतृत्वमा सञ्चालन गरिएको राहत अभियानअन्तर्गत भदौ २४ गतेसम्म जिल्लाका विभिन्न पालिकास्तरीय इसाई समाज, स्थानीय चर्च तथा सम्बद्ध व्यक्ति र संस्थाबाट उक्त रकम संकलन भएको हो।

राहत अभियानमा इलामका १३६ वटा चर्च तथा सम्बद्ध व्यक्ति र संस्थाको सहभागिता रहेको जिल्ला इसाई समाज इलामले जनाएको छ। विपद्को समयमा पीडित समुदायलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा विभिन्न पालिकाका इसाई समुदायले स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका हुन्।  समाजका अनुसार नगर इसाई समाज इलामबाट ३ लाख ४७ हजार ५५५ रुपैयाँ संकलन भएको छ।

त्यस्तै, माई नगर इसाई समाजबाट २ लाख ३३ हजार ५०५, चुलाचुली इसाई समाजबाट १ लाख १४ हजार, माङसेबुङ इसाई एकता समाजबाट ७२ हजार २१०, देउमाई नगर इसाई समाजबाट ४७ हजार ६६०, माइजोगमाई इसाई समाजबाट ३५ हजार ५००, रोङ इसाई समाजबाट ६२ हजार ३२०, फाकफोकथुम इसाई समाजबाट १ लाख ५४० र सन्दकपुर इसाई समाजबाट ४४ हजार २२० रुपैयाँ संकलन भएको छ।

जिल्ला इसाई समाज इलामले संकलित रकम बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने जनाएको छ। समाजका अनुसार राष्ट्रिय वाणिज्य बैंक इलाम शाखामा रहेको प्रधानमन्त्री राहत कोषको खातामार्फत रकम जम्मा गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार