Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका–८ का मिक कुमार र रोशन लागुऔषधसहित पक्राउ

सूर्योदय नगरपालिका–८ का मिक कुमार र रोशन लागुऔषधसहित पक्राउ

  • सन्देश सम्बाददाता
  • मंगलबार, भाद्र २३ २०८३


सूर्योदय नगरपालिका–८ का मिक कुमार र रोशन लागुऔषधसहित पक्राउ

इलाम । इलामको सूर्योदय नगरपालिका–८ का दुई युवक लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरी टोलीले मिक कुमार तामाङ र रोशन तामाङलाई ८६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। प्रहरीले उनीहरू सवार रहेको प्र१–०१–००१ ह ८७४७ नम्बरको अटोसमेत नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुवैजनामाथि लागुऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–२ का ४० वर्षीय कर्णबहादुर राईलाई २५ ग्राम ६३० मिलिग्राम ब्राउन सुगर र प्र।०१–०२–०५१ प ४८०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–१० का मनोज शिवु मण्डललाई ३९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीले इटहरी–१७ का अबु खानलाई १९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। सोही दिन कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले इटहरी–७ का दिनेश चौधरीलाई उनकै घरबाट ८७० मिलिग्राम ब्राउन सुगर र ३ किलो ९४० ग्राम गाँजासहित पक्राउ गरेको छ।

झापामा इलाका प्रहरी कार्यालय सुरुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले कनकाई नगरपालिका–४ का रोशन चौधरीलाई १० ग्राम ५६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाले अर्जुनधारा नगरपालिका–११ का गोविन्द श्रेष्ठ र बिर्तामोड नगरपालिका–११ का कृष्णबहादुर प्रधानलाई ९ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

मोरङको प्रहरी चौकी रमाइलोले कानेपोखरी गाउँपालिका–५ की जमुना चौधरीलाई उनकै घरबाट १ ग्राम ८३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ। यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका–४ का मानबहादुर परियार र गौरव विश्वकर्मालाई १ किलो २८० ग्राम गाँजासहित पक्राउ गरेको छ। पक्राउ गरेका उनीहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार