Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘मिसन पार्टी जागरण’ अन्तर्गत एमाले इलामको जिल्लास्तरीय कार्यशाला सम्पन्न

‘मिसन पार्टी जागरण’ अन्तर्गत एमाले इलामको जिल्लास्तरीय कार्यशाला सम्पन्न

  • सन्देश सम्बाददाता
  • मंगलबार, भाद्र २३ २०८३


‘मिसन पार्टी जागरण’ अन्तर्गत एमाले इलामको जिल्लास्तरीय कार्यशाला सम्पन्न

इलाम । नेकपा (एमाले) इलाम जिल्ला कमिटीको आयोजनामा सञ्चालन भइरहेको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत जिल्लास्तरीय कार्यशाला इलाम सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा सम्पन्न भएको छ। नेकपा (एमाले) केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यशालामा मिसन जागरण अभियानका उत्प्रेरक, पालिका इन्चार्ज, जिल्ला कमिटी पदाधिकारी तथा पालिका कमिटीका अध्यक्ष र सचिवहरूको सहभागिता रहेको थियो।

कार्यशालामा इलाम जिल्लाका दशवटै स्थानीय तहबाट पार्टीको सांगठनिक गतिविधि, समसामयिक राजनीतिक अवस्था, स्थानीयस्तरका चुनौती तथा आगामी कार्ययोजनासहित ‘मिसन पार्टी जागरण’ अभियानसम्बन्धी रिपोर्टिङ प्रस्तुत गरिएको थियो। इलाम नगर कमिटीका अध्यक्ष ठाकुर नारायण श्रेष्ठ, देउमाई नगर कमिटीका अध्यक्ष दावा तामाङ, सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराई, माई नगर कमिटीका अध्यक्ष मुखराज आङदेम्बे, सन्दकपुर गाउँ कमिटीका अध्यक्ष दीपक गुरुङ, फाकफोकथुम गाउँ कमिटीका अध्यक्ष अर्जुनकुमार लिम्बु, चुलाचुली गाउँ कमिटीका अध्यक्ष देउमान गिरी, माइजोगमाई गाउँ कमिटीका अध्यक्ष गणेश राई, रोङ गाउँ कमिटीका अध्यक्ष खड्ग आले तथा माङसेबुङ गाउँ कमिटीका सचिव अतित योङहाङले आ–आफ्नो पालिकाको अवस्थाबारे संक्षिप्त रिपोर्टिङ गरेका थिए।

कार्यशालामा नेकपा ९एमाले० केन्द्रीय कमिटी सदस्य तथा इलाम इन्चार्ज राम राना, संविधानसभा सदस्य तथा केन्द्रीय कमिटी सदस्य सकुन्तला लेप्चा, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीलगायत पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको थियो। नेकपा (एमाले) इलाम जिल्ला कमिटीका अध्यक्ष गणेश बरालको अध्यक्षतामा सम्पन्न कार्यशालाले पार्टीलाई थप व्यवस्थित, सक्रिय र जनमुखी बनाउँदै पालिका, वडा र टोल केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ।

अभियानअन्तर्गत अब सबै तह र तप्काका नागरिकसँग प्रत्यक्ष भेटघाट, छलफल तथा अन्तरक्रिया गर्दै योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। साथै पार्टी जीवनसँग सम्बन्धित अन्य महत्वपूर्ण संगठनात्मक तथा अभियानमुखी निर्णयहरू पनि कार्यशालाबाट गरिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार