Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

क्लब ओएसिस इलाम र काँकडभिट्टा वुमन्स एफसीबीच आज भिडन्त

क्लब ओएसिस इलाम र काँकडभिट्टा वुमन्स एफसीबीच आज भिडन्त

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २१ २०८३


क्लब ओएसिस इलाम र काँकडभिट्टा वुमन्स एफसीबीच आज भिडन्त

इलाम । ‘प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३’ को क्वार्टरफाइनलमा आज क्लब ओएसिस इलाम र काँकडभिट्टा वुमन्स एफसी आमनेसामने हुँदैछन्। इलामको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी क्लब ओएसिसले आज काँकडभिट्टा वुमन्स एफसीसँग क्वार्टरफाइनल खेल खेल्न लागेको हो।

स्पर्श सामाजिक क्लब, गौरादह–झापाको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत खेल गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा हुनेछ। नेपाल र भारतका गरी ८ टिम सहभागी प्रतियोगितामा ओएसिसले क्वार्टरफाइनलमा स्थान बनाएको हो। इलामको टोली आजको खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा मैदान उत्रनेछ।

भदौ १९ गतेदेखि सुरु भएको प्रतियोगिता भदौ २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको विजेताले रु १ लाख ११ हजार १ सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु ५५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

प्रतियोगितामा प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, स्ट्राइकर तथा सर्वाधिक गोलकर्तालाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार