Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

बंगलादेशविरुद्ध पछिल्लो इतिहास दोहोर्‍याउला त नेपालले ?

बंगलादेशविरुद्ध पछिल्लो इतिहास दोहोर्‍याउला त नेपालले ?

  • नमीन ढकाल
  • शनिबार, भाद्र २३ २०७५


बंगलादेशविरुद्ध पछिल्लो इतिहास दोहोर्‍याउला त नेपालले ?

इलाम । २०१८ साफ सुजुकी कपको समुह चरणको अन्तिम खेलमा नेपालले शनिवार साँझ ७ बजे आयोजक बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । ६ अंक सहित समुहको शिर्ष स्थानमा रहेको बंगलादेशको इतिहास नेपाल भन्दा बलियो देखिन्छ । १९९५ देखी साफ गेममा सहभागीता जनाएको बंगलादेश र नेपाल साफमै ६ पटक आमने सामने भएका छन । जस्मा पछिल्लो २ खेल नेपालले आफनो पक्षमा पारेको छ । २०११ मा १–० र २०१३ मा २–० ले नेपाल विजयी बनेको थियो ।

साफमा नेपाल सन १९९५, २०११ र २०१३ मा सेमीफाइनलसम्म पुग्न सफल भएको थियो । सन १९९७, २००३ देखी २००९ र २०१५ मा नेपालले समुह चरण पार समेत पार गर्न सकेन् । यता बंगलादेश २००३ को बिजेता समेत हो । १९९९ र २००५ को उपविजेता टिम बंगलादेश २०११ यता समुह चरण पार गर्न सकेको छैन । फिफा वरियतामा बंगलादेश नेपाल भन्दा ३३ स्थान तल रहेको छ ।

यस्तो भए नेपालको सेमीफाइनल सहज
नेपालले बंगलादेशलाई कम्तीमा १ गोल अन्तरले हराएमात्र पनि सेमीफाइनल प्रवेश गर्नेछ । भदौ २३ गते हुने पहिलो खेलमा भुटानले पाकिस्तानलाई जितेको अवस्थामा नेपालका लागि केहि सहज हुनेछ । समूहमा यसअघिका दुवै खेल हारेको भुटानले पाकिस्तानलाई पराजित गर्ने सम्भावना कमजोर छ । दुई खेल जितेको बंगलादेशको ६ अंक छ ।

पाकिस्तान र नेपालको तीन तीन अंक छ भने भुटान अंकबिहीन छ । पाकिस्तान र भुटानलाई हराएको बंगलादेशको गोल अन्तर ३ छ भने नेपाललाई २–१ गोलले हराएको र बंगलादेशसँग १–० ले हारेको पाकिस्तानको गोलअन्तर शून्य छ । भुटानलाई ४–० ले हराएको र पाकिस्तानसँग २–१ ले हारेको नेपालको गोलअन्तर ३ छ । पाकिस्तानले भुटानलाई कम्तिमा ४–० गोलअन्तरले पराजित गरेमा र नेपालले बंगलादेशलाई कम्तिमा १ गोलको अन्तरमा जितेमा बंगलादेश प्रतियोगिताबाट बाहिरिनेछ भने नेपाल र पाकिस्तान सेमिफाइनलमा पुग्नेछन् ।

पाकिस्तानले भुटानलाई हराएमा नेपालका लागि भने बंगलादेशबिरुद्धको खेल जित्नैपर्ने हुन्छ । बराबरी खेलेको अवस्थामा नेपालले पनि बंगलादेशसँग बराबरी खेल्दा गोलअन्तरको आधारमा सेमिफाइनलमा पुग्छ । यसैगरी पाकिस्तानले भुटानलाई ४ भन्दा कम गोलअन्तरमा पराजित गरेमा र नेपालले बंगलादेशलाई कम्तिमा १ गोलको अन्तरमा हराएमा नेपाल समूह विजेता र बंगलादेश उपविजेताको हैसियतमा सेमिफाइनलमा पुग्नेछन् ।

यि २ टोलीविचको खेल बंगवन्धु रंगशालामा हुनेछ । बंगवन्धु रंगशालामा नेपाल भाग्यामानी सावित भएको छ । सन १९९३ को साग गेमको एकमात्र स्वर्ण फुटबलमा जितेको नेपालले २३ बर्ष पछि सोही रंगशालामा सन २०१६ को बंगवन्धु गोल्डकपको उपाधी जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार