Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

भोटेकोशी बाढी अपडेट : हालसम्म १,२९० जनाको शव फेला, झन्डै ५ हजार अझै बेपत्ता

भोटेकोशी बाढी अपडेट : हालसम्म १,२९० जनाको शव फेला, झन्डै ५ हजार अझै बेपत्ता

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १९ २०८३


भोटेकोशी बाढी अपडेट : हालसम्म १,२९० जनाको शव फेला, झन्डै ५ हजार अझै बेपत्ता
  • भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हालसम्म १,२९० जनाको शव फेला परेको छ।
  • फेला परेका शवहरूमध्ये ९२६ वटाको व्यवस्थापन गरिसकिएको छ भने ४,७९८ जना बेपत्ता रहेका छन्।
  • हालसम्म ८,१२७ जनाको उद्धार गरिएको छ र पहिचानका लागि १,८६२ वटा डीएनए नमुना संकलन गरिएको छ।

रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार कार्यका क्रममा हालसम्म १,२९० जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मृतकको संख्या बढ्दै गएको छ भने अझै ठूलो संख्यामा मानिसहरू बेपत्ता रहेका छन्।

फेला परेका १,२९० शवहरूमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका रहेका छन्। यस्तै ५३२ वटा मानव शरीरका आंशिक अङ्गहरू फेला परेका छन् भने २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ९२६ वटाको व्यवस्थापन गरिसकिएको छ।

विपद्मा परी हालसम्म ४,७९८ जना बेपत्ता रहेका छन्। बेपत्ता हुनेहरूमा २,८४७ स्वदेशी र ६०१ विदेशी नागरिक रहेका छन् भने १,३५० जनाको बारेमा फोनमार्फत जानकारी प्राप्त भएको छ। अर्कोतर्फ, सुरक्षाकर्मीको सक्रियतामा हालसम्म ८,१२७ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये ६,०९० पुरुष र २,४७२ महिला रहेका छन्।

अहिलेसम्म १,१४१ जना मृतकको पहिचान हुन सकेको छैन। पहिचानका लागि प्रहरीले मृतकका १,१४३ र आफन्तका ७१९ गरी कुल १,८६२ वटा डीएनए नमुना संकलन गरेको छ। पहिचान नभएका शवहरूको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार