Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको गुफापातालमा मास्ट लाइट जडान हुने

इलामको गुफापातालमा मास्ट लाइट जडान हुने

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र १६ २०८३


इलामको गुफापातालमा मास्ट लाइट जडान हुने

इलाम । इलामको पर्यटकीय स्थल गुफापातालमा अत्याधुनिक सोलार हाई–मास्ट लाइट गरिने भएको छ । सो क्षेत्रको रात्रिकालीन सौन्दर्यकरण तथा सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले कोशी सरकारले योजना अघि सारेको हो । सूर्योदय-४ मा रहेको सीमावर्ती गुफा पातालमा यो योजनाका लागि कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट मार्फत खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गरिएको छ ।

बजेट विनियोजन भएसँगै योजना कार्यन्वयनको प्रक्रिया अघि बढाउन मन्त्री चिन्तन पाठकसहितको प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि र समाजसेवीले गुफा पाताल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । निरीक्षणका क्रममा प्राविधिक टोली, मन्त्री र स्थानीय जनप्रतिनिधिहरूबीच भएको संयुक्त छलफलले सूर्योदय ४ को आकर्षणको केन्द्रविन्दु मानिएको गुफा पातालमा अत्याधुनिक सोलार हाई–मास्ट लाइट जडान गर्ने अन्तिम निर्णय गरेको हो ।

प्रदेश सरकारको बजेटबाट यो बत्ती जडान भएसँगै गुफा पाताल क्षेत्रमा आउने पर्यटक तथा स्थानीयबासीहरूलाई साँझपख र रातिको समयमा पनि सुरक्षित रूपमा आवतजावत र दृश्यावलोकन गर्न सहज हुनेछ । स्थानीयस्तरको पूर्वाधार विकासका लागि कोशी प्रदेश सरकार र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले देखाएको यो चासोप्रति स्थानीयबासीहरूले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार