Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

गणेश घिमिरेको नेतृत्वमा प्रेस युनियन इलामको नयाँ कार्यसमिति

गणेश घिमिरेको नेतृत्वमा प्रेस युनियन इलामको नयाँ कार्यसमिति

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र १४ २०८३


गणेश घिमिरेको नेतृत्वमा प्रेस युनियन इलामको नयाँ कार्यसमिति

इलाम । नेपाल प्रेस युनियन इलाम शाखाको दशौं अधिवेशनबाट गणेश घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनले घिमिरेलाई अध्यक्षमा निर्वाचित गर्दै उपाध्यक्षमा हरि अधिकारी ‘हरि असिम’ र महिला उपाध्यक्षमा बालकुमारी पौडेल ‘प्रतिमा’लाई चयन गरेको छ। त्यस्तै सचिवमा मनिष बस्नेत, सहसचिवमा कृष्ण पाठक र कोषाध्यक्षमा वेदमाया मुखिया ‘सोनु’ निर्वाचित भएका छन्।

सदस्यहरूमा विकास न्यौपाने, शिवकुमार थापा, रोशन बुढाथोकी, दुर्गा ढुङ्गेल र सुनिता मगर चयन भएका छन्। अधिवेशनको उद्घाटन कार्यक्रम प्रेस युनियन इलामकी अध्यक्ष सविता पाण्डेको अध्यक्षता तथा नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रेस युनियनका केन्द्री महासचिव दिलि पौडेल इलाम नगरपालिका उपप्रमुख विष्णु दाहाल, कांग्रेस महासमिति सदस्य भेषराज आचार्य, कांग्रेस जिल्ला कार्यसमिति सचिव पूर्ण गौतम, नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य बुद्धमाया सोङ्मस, नेपाल पत्रकार महासंघ इलामका सचिव टिका खतिवडा, प्रेस युनियन इलामका संस्थापक सोम सुसेली,प्रेस युनियन इलामका पूर्वअध्यक्ष विजय शेखर भट्टराई, प्रेस चौतारी इलामका सचिव खेमराज ढकाल जिल्ला सहकारी संघकी अध्यक्ष लिला थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अधिवेशनका अवसरमा पत्रकारहरू युवराज गौतम, सुदिप श्रेष्ठ र लोकेन थेबेलाई कदर पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो। अधिवेशनमा अध्यक्ष सविता पाण्डेले प्रगति प्रतिवेदन र कोषाध्यक्ष हरि अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रमको स्वागत उपाध्यक्ष सुनिता राईले गरेकी थिइन् भने सञ्चालन सचिव प्रकाश नेपालले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार