Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीका २१ वर्षीय सन्जोक ब्राउन सुगरसहित पक्राउ

चुलाचुलीका २१ वर्षीय सन्जोक ब्राउन सुगरसहित पक्राउ

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ९ २०८३


चुलाचुलीका २१ वर्षीय सन्जोक ब्राउन सुगरसहित पक्राउ

इलाम । इलामको चुलाचुली गाउँपालिका–१ का २१ वर्षीय युवक सन्जोक लुइटेल झापामा लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ ८ गते अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले लुइटेललाई पक्राउ गरेको हो।

उनको साथबाट १ ग्राम ४७० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ। सोही स्थानबाट प्रहरीले बिर्तामोड नगरपालिका–४ का २४ वर्षीय अरबस अन्सारीलाई समेत ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। यसैबीच, मोरङको पथरी शनिश्चरे नगरपालिका–१ अन्नपूर्ण चोकबाट २० वर्षीय सुमित पौदार १२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन्।

लागूऔषध सेवन तथा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। त्यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मुसहरीटोलबाट स्थानीयलाई धारिलो हतियार देखाई त्रसित बनाएको आरोपमा १८ वर्षीय मनोज मुसहर र रामधुनी नगरपालिका–५ हात्तिसारका ३० वर्षीय मनिराज राई पक्राउ परेका छन्।

उनीहरूको साथबाट ट्रामाडोल २१० पिस, नाइट्रोसन ५० पिस प्रतिबन्धित औषधि तथा तरवार बरामद गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार