Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको सरुवा, पहिलो पटक महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुवेदी आउँदै

माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको सरुवा, पहिलो पटक महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुवेदी आउँदै

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ८ २०८३

माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईको सरुवा, पहिलो पटक महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुवेदी आउँदै

माई । इलामको माई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी भट्टराईको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको कर्मचारी सरुवा तथा पदस्थापनसम्बन्धी विवरणअनुसार भट्टराईलाई माई नगरपालिकाबाट अन्यत्र सरुवा गरिएको हो।

भट्टराई नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्रांकित द्वितीय श्रेणीका प्रमुख प्रशासकीय अधिकृत हुन्। माई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत भट्टराईलाई गृह मन्त्रालय काठमाण्डौ वा मातहतको कार्यालयमा सरुवा गरिएको हो ।

सरुवा सूचीमा माई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा विनिता सुवेदीलाई पदस्थापन गरिएको उल्लेख छ। सुवेदी नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहकी राजपत्रांकित द्वितीय श्रेणीकी उपसचिव हुन्। सूचीअनुसार उनी हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी मन्त्रालयमा कार्यरत रहेकी थिइन् ।

यससँगै माई नगरपालिकाले पहिलो पटक महिला प्रमुख प्रशासकिय अधिकृत पाउने भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार