Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा गणेश योन्जन तामाङ

इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा गणेश योन्जन तामाङ

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ८ २०८३


इलामेली समाज दक्षिण कोरियाको अध्यक्षमा गणेश योन्जन तामाङ

इलाम : इलामेली समाज दक्षिण कोरियाको छैटौँ अधिवेशनबाट देउमाई नगरपालिका–१ का गणेश योन्जन तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । अधिवेशनले तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा फाकफोकथुमका रमेश बस्नेत तथा उपाध्यक्षहरूमा चुलाचुलीका बिजय राई, फाकफोकथुमका मिलन राई र इलाम नगरपालिकाका याम गुरुङ निर्वाचित भएका छन् त्यस्तै, महासचिवमा फाकफोकथुमका जितेन्द्र बस्नेत, सचिवमा फाकफोकथुमका किशोर राई र इलाम नगरपालिकाका निरोज श्रेष्ठ चयन भएका छन् ।

कोषाध्यक्षमा फाकफोकथुमका खाओतहाङ लिम्बु र सह–कोषाध्यक्षमा इलाम नगरपालिकाकी मनिषा निरौला निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा देउमाईका आकाश राई, फाकफोकथुमका रुद्र पौड्याल, रितेश पौड्याल र थिरबहादुर निरौला, रोङका जिवन राई तथा इलाम नगरपालिकाका नविन मगर र सविता बिक चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार