Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

इलामका तीन जना लागुऔषध सहित पक्राउ

इलामका तीन जना लागुऔषध सहित पक्राउ

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र ४ २०८३


इलामका तीन जना लागुऔषध सहित पक्राउ

इलाम । इलामको चुलाचुली गाउँपालिकाका तीन जनासहित झापा र सुनसरीबाट लागूऔषध बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ जना पुरुष र ३ महिला रहेका छन् । पक्राउ पर्ने इलामका तीनै जना चुलाचुली गाउँपालिका–३ का रहेका छन्। प्रहरीले निराज तामाङ, दिवान आङथुपो र कमल तामाङलाई झापाको कमल गाउँपालिका–५ बाट ११ ग्राम १५० मिलिग्राम ब्राउनसुगर, डिजिटल तराजु र मे ११ प ८१७७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो।

त्यस्तै, बिर्तामोड नगरपालिका–२ बाट श्यामलाल ताजपुरियालाई २ ग्राम १४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। बिर्तामोड–६ की गिता महतो आफ्नै घरबाट ५२८ ग्राम गाँजासहित पक्राउ परेकी छन्। मेचीनगर–६ बाट शिवसताक्षी नगरपालिका–७ की सर्मिला सावालाई १ ग्राम १० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–१ बाट रोजेश श्रेष्ठ, ज्ञानी चौधरी र मुकेश चौधरीलाई ८६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ। भदौ २ गते विशेष सूचनाका आधारमा प्रहरीले झापा र सुनसरीका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार