फिक्कल । सूर्योदय नगरपालिकाको १९औँ नगर सभाबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक समारोहका बीच ’लोकल सन्देश’ डटकम र ’स्थानीय सन्देश साप्ताहिक’ का प्रधानसम्पादक सुजन तिमसिना पुरस्कृत भएका छन् । दुई दशकभन्दा लामो समयदेखि मोफसलमा रहेर पत्रकारिताको माध्यमबाट पर्यटन प्रवद्र्धन र समाजलाई सुसूचित गर्न अतुलनीय योगदान पु¥याएबापत नगद तथा प्रशंसापत्रसहित सम्मान गरिएको हो ।
नगर कार्यपालिकाद्वारा आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य निस्कल राई, सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले संयुक्त रूपमा पत्रकार तिम्सिनालाई दोसल्ला ओढाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । पाँचथरको हिलिहाङ गाउँपालिकामा जन्म भई सूर्योदय नगरपालिका वडा नं. १० मा बसोबास गर्दै आएका तिमसिनाले २०५९ सालमा ’विवेचना दैनिक’ मार्फत पत्रकारिता सुरु गरेका हुन् ।
२ दशक लामो पत्रकारिता यात्राका क्रममा उनले एभिन्युज टेलिभिजन, ब्लास्ट दैनिक, इलाम एफ.एम. र सप्तरङ्गी एफ.एम. जस्ता विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरूमा काम गरेका थिए । हाल ’नेपाल टेलिभिजन’ मा इलाम संवाददाताको रूपमा कार्यरत तिम्सिनाले उत्कृष्ट कार्यसम्पादनकै कारण तीन पटकसम्म राष्ट्रिय स्तरको ’सर्वोत्कृष्ट संवाददाता’ पुरस्कार प्राप्त गरेका छन् ।
तिमसिनाले नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको सूर्योदय नगर र आसपासको पर्यटन विकास, प्रवद्र्धन तथा स्थानीय पर्यावरणका मुद्दाहरूमा निरन्तर कलम चलाउँदै आएका छन् । सत्यतथ्य सूचना प्रवाह र उत्तरदायी पत्रकारितामार्फत नगर तथा सिङ्गो राष्ट्रको चौतर्फी विकासमा पु¥याएको अनवरत योगदानको कदर गर्दै नगरपालिकाले सञ्चार क्षेत्र विधाअन्तर्गत सम्मान गरेको जनाएको छ ।
कार्यक्रममा पत्रकार तिम्सिनासहित सञ्चार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा समाजसेवाका विविध क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने जिल्लाका अन्य २६ जना अगुवा व्यक्ति तथा संस्थाहरूलाई पनि सम्मान एवं पुरस्कृत गरिएको छ ।