Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

हेड टु हेडः नेपाल विरुद्ध पाकिस्तान को बलियो ?

हेड टु हेडः नेपाल विरुद्ध पाकिस्तान को बलियो ?

  • नमीन ढकाल
  • मंगलबार, भाद्र १९ २०७५


हेड टु हेडः नेपाल विरुद्ध पाकिस्तान को बलियो ?

इलाम । मंगलबारबाट सुरु हुने साफ च्याम्पियनसिपको १२ औं संस्करण पहिलो खेलमा नेपालले मंगलबार पाकिस्तानसँग भिड्दैछ। जारी प्रतियोगितामा फिफा वरियतामा कमजोर मानिएको पाकिस्तानलाई पराजित गर्नु नेपालका लागि पहिलो चुनौतीका रूपमा रहने छ। यसअघि नेपाल र पाकिस्तानवीच साफ च्याम्पियनसिपमा ६ पटक एक अर्काविरुद्ध भिडिसकेका छन्।

जसमा नेपालले दुई खेल जितेको छ भने एक खेल पाकिस्तानको पक्षमा छ। बाँकी तीन खेल बराबरीमा सकिएका छन्। अन्तर्राष्ट्रिय फुटबलमा भने नेपाल र पाकिस्तान १५ पटक खेलेका छन्,जसमा पाँच खेल नेपालले र पाँच खेल पाकिस्तानले जितेको छ । बाँकी पाँच खेल बराबरीमा सकिएको छ । नेपाल र पाकिस्तान अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा नै खेलेका थिए।

जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो। तर पछिल्ला खेलका रूपमा केहीअघि भएको एसियाड हो। यू–२३ को खेल भए पनि अधिका‌ंश राष्ट्रिय टिमका खेलाडी हुने भएकाले उक्त खेललाई पनि मापन गर्ने आधारका रूपमा लिन सकिन्छ। यो खेलमा नेपाल पराजित भएको थियो। १५ खेलमा नेपालले पाकिस्तानविरुद्ध १६ गोल गरेको छ भने १७ गोल खाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार