Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

डिफेन्डिङ च्याम्पियन घुमसँग पराजित हुँदै रेडहर्स इलाम क्वाटरफाइनलबाट बाहिरियो

डिफेन्डिङ च्याम्पियन घुमसँग पराजित हुँदै रेडहर्स इलाम क्वाटरफाइनलबाट बाहिरियो

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २६ २०८३


डिफेन्डिङ च्याम्पियन घुमसँग पराजित हुँदै रेडहर्स इलाम क्वाटरफाइनलबाट बाहिरियो

इलाम । दार्जिलिङमा जारी ऐतिहासिक १०९औँ हर्लि मेमोरियल कप २०२६ को क्वार्टरफाइनलबाट रेड हर्स एफसी इलाम बाहिरिएको छ।  क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन घुम जोरबंगलो एससीसँग १–० ले पराजित हुँदै रेड हर्सको प्रतियोगिताको यात्रा टुंगिएको हो।

प्रतिस्पर्धात्मक खेलमा घुम जोरबंगलोले खेलको १२औँ मिनेटमै अग्रता बनाएको थियो। काउन्टर मुभमा डिबक्सभित्र सिर्जना भएको अवसरलाई घुमका खेलाडीले गोलमा परिणत गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। गोलपछि रेड हर्स इलामले खेलमा फर्किने प्रयास गर्दै लगातार आक्रमण बुने पनि घुम जोरबंगलोको बलियो रक्षापंक्तिलाई पार गर्न सकेन।

दुवै टोलीबीचको खेलमा कडा ट्याकल, तीव्र आक्रमण र शारीरिक प्रतिस्पर्धा देखिएको थियो। खेलका क्रममा केही खेलाडीले रातो कार्ड पाएपछि खेल थप तनावपूर्ण बनेको थियो। कठिन परिस्थितिका बाबजुद घुम जोरबंगलोले आफ्नो १–० को अग्रता अन्तिम समयसम्म जोगाउँदै सेमिफाइनलको यात्रा तय गर्‍यो।

यससँगै प्रतियोगिताका २ खेमा जित निकाल्दै क्वार्टरफाइनलसम्म पुगेको रेड हर्स एफसी इलामको १०९औँ हर्लिही मेमोरियल कपको यात्रा समाप्त भएको छ। डिफेन्डिङ च्याम्पियन घुम जोरबंगलो भने उपाधि रक्षा गर्ने लक्ष्यसहित सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार