इलाम । स्वास्थ्य कार्यालय इलाममा सम्पन्न जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम समीक्षामा चुलाचुली गाउँपालिका, रोङ गाउँपालिका र सूर्योदय नगरपालिका संयुक्त रूपमा पहिलो स्थानमा रहेका छन्। साउन २४ र २५ गते गते स्वास्थ्य कार्यालय इलाममा सम्पन्न आर्थिक वर्ष २०८२र८३ को जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम समीक्षाका क्रममा गरिएको मूल्याङ्कनमा तीनवटै स्थानीय तहले समान ८३ अंक प्राप्त गरेका हुन्।

मूल्याङ्कनअनुसार इलाम नगरपालिका ८२ अंकसहित दोस्रो, माई नगरपालिका ८१ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यस्तै देउमाई नगरपालिका ७९ अंक, माईजोगमाई गाउँपालिका ७८ अंक, सन्दकपुर गाउँपालिका ७८ अंक, फाकफोकथुम गाउँपालिका ७५ अंक र माङ्सेबुङ गाउँपालिका ७२ अंक प्राप्त गरेका छन्।
स्वास्थ्य कार्यक्रमको समीक्षा तथा मूल्याङ्कनले जिल्लाका स्थानीय तहमा सञ्चालन भएका स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रगति, उपलब्धि र कार्यसम्पादनको अवस्था पहिचान गर्न सहयोग पुगेको जनाइएको छ।