Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

अवैध काठसहित चुलाचुलीको फर्निचर उद्योगमा छापा, ४७१.३ क्युबिक फिट काठ बरामद

अवैध काठसहित चुलाचुलीको फर्निचर उद्योगमा छापा, ४७१.३ क्युबिक फिट काठ बरामद

  • सन्देश सम्वाददाता
  • मंगलबार, साउन २६ २०८३


अवैध काठसहित चुलाचुलीको फर्निचर उद्योगमा छापा, ४७१.३ क्युबिक फिट काठ बरामद

इलाम । सशस्त्र प्रहरीले दक्षिणी इलामको चुलाचुली गाउँपालिका–६ स्थित एक काठ मिलबाट ठूलो परिमाणमा अवैध चिरान काठ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं। ३८ रिजर्भ गण हेडक्वार्टर झापाबाट खटिएको टोलीले स्थानीय सोमबहादुर विश्वकर्माले सञ्चालन गरेको इलामेली फर्निचर उद्योगमा आइतबार विशेष सूचनाका आधारमा खानतलासी गर्दा अवैध रूपमा लुकाइछिपाइ राखिएको साल जातको चिरान काठ बरामद गरेको हो।

सहायक प्रहरी निरीक्षक कृष्णबहादुर पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोली, सब–डिभिजन वन कार्यालय बाह्रकोठेका सहायक धनिराम सिंह, सब–डिभिजन वन कार्यालय सुखानीका जमदार मदनप्रसाद न्यौपाने, सब–डिभिजन वन कार्यालय मधुमल्लाका रमेश मगर तथा प्रहरी चौकी पेल्टिमारीका प्रहरी निरीक्षक कलित यादवसहित ३१ जनाको संयुक्त टोलीले काठ बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, पाथिभरा गणका प्रहरी उपरीक्षक दिनेशकुमार बस्नेतका अनुसार खानतलासीका क्रममा साल जातको ४७१.३ क्युबिक फिट चिरान काठ फेला परेको थियो। बरामद काठको अनुमानित मूल्य ८ लाख १७ हजार ३ सय ३५ रुपैयाँ रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

बरामद गरिएको काठ आवश्यक कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय बाह्रकोठेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। काठको स्रोत तथा आवश्यक कागजातलगायत विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार