Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका–१० रमितेमा ११ साइडको मैदान बनाइदै

सूर्योदय नगरपालिका–१० रमितेमा ११ साइडको मैदान बनाइदै

  • सन्देश सम्वाददाता
  • आइतबार, साउन २४ २०८३


सूर्योदय नगरपालिका–१० रमितेमा ११ साइडको मैदान बनाइदै

फिक्कल। सूर्योदय नगरपालिका–१० रमितेमा ११ खेलाडी खेल्ने आधुनिक फुटबल मैदान निर्माणको प्रक्रिया तीव्र पारिएको छ। नगरपालिकाको केन्द्र फिक्कल बजाबाट करिब ७ सय मिटरको दुरीमा संयुक्त फिक्कल क्लबको पहलमा निर्माण हुन लागेको उक्त खेलमैदानका लागि क्लबले १९ रोपनी जग्गा खरिद गरिसकेको जनाएको छ।

फिक्कल क्षेत्रमा व्यवस्थित र सुविधासम्पन्न फुटबल मैदान निर्माण गर्ने उद्देश्यसहित अघि बढाइएको यस परियोजनालाई क्लबले आफ्नो दीर्घकालीन ‘सपना’का रूपमा लिएको छ। खेलमैदान निर्माणका लागि आर्थिक वर्ष २०८२र८३ मा कोशी प्रदेश सरकारको सुशासन तथा योजना समिति सभापति खगेश्वरी पौड्याल (बन्दना अधिकारी) को विशेष पहलमा सांसद क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ र सूर्योदय नगरपालिकाबाट थप १० लाख रुपैयाँ बजेट विनियोजन भएको क्लबले जनाएको छ।

बजेट विनियोजनसँगै मैदानको भौतिक संरचना, आवश्यक पूर्वाधार र निर्माणको स्वरूप निर्धारण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाइएको छ। सोही क्रममा झापाबाट आएको प्राविधिक टोलीले २०८३ साउन २३ गते शनिबार प्रस्तावित खेलमैदान क्षेत्रको स्थलगत सर्वेक्षण सम्पन्न गरेको क्लबले जनाएको छ। स्थलगत सर्वेक्षण सम्पन्न भएपछि खेलमैदानको नक्साङ्कन, संरचना निर्धारण तथा लागत अनुमान तयार गर्ने काम अघि बढाइनेछ। त्यसपछि निर्माण कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाउने तयारी गरिएको छ।

प्रस्तावित खेलमैदान निर्माण भएपछि सूर्योदय नगरपालिका तथा आसपासका क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी स्थानीय युवालाई नियमित प्रशिक्षण, प्रतियोगिता तथा खेल गतिविधिमा सहभागी हुने अवसर बढ्नुका साथै गाउँ–गाउँमा रहेका फुटबल प्रतिभाको पहिचान र विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार