Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

दार्जिलिङमा रेडहर्सको विजयी यात्रा जारी : युकेएफसी खर्साङलाई हराउँदै क्वार्टरफाइनलमा

दार्जिलिङमा रेडहर्सको विजयी यात्रा जारी : युकेएफसी खर्साङलाई हराउँदै क्वार्टरफाइनलमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २२ २०८३


दार्जिलिङमा रेडहर्सको विजयी यात्रा जारी : युकेएफसी खर्साङलाई हराउँदै क्वार्टरफाइनलमा

इलाम । भारतको दार्जिलिङमा जारी प्रतिष्ठित १०९औँ हर्लि मेमोरियल कप फुटबल प्रतियोगितामा रेडहर्स एफसी इलाम क्वाटरफाइनल प्रवेश गरेको छ । युकेएफसी खर्साङलाई १–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको सातौँ मिनेटमै रेडहर्सले निर्णायक गोल गरेको थियो।

डिबक्स बाहिर रेडहर्सका खेलाडीमाथि भएको फाउलपछि प्राप्त फ्रिकिक अवसरलाई जमिन लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । यसअघि पहिलो खेलमा रेडहर्सले एनपी कलेज माथि ७–२ को शानदार जित निकालेको थियो। लगातार दोस्रो जितसँगै रेडहर्स उपाधि दौडमा बलियो दाबेदारका रूपमा उभिएको छ।

रेडहर्ससँग पराजित युकेएफसी खर्साङले अघिल्लो चरणमा नादोङ एफए लाई टाइब्रेकरमा ५–४ ले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो। दार्जिलिङको ऐतिहासिक तथा प्रतिष्ठित प्रतियोगिताका रूपमा परिचित १०९औँ हर्लि मेमोरियल कप अगस्ट १५ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाल र भारतका गरी १८ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको विजेताले २ लाख भारतीय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख भारतीय रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन्। प्रतियोगिताको आयोजना दार्जिलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएसन ले गरेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार