इलाम । इलामको सूर्योदय नगरपालिका–४ का २६ वर्षीय सलमान थापा लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले उनलाई २ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट साउन २० गते लागू औषधसहित १४ जनालाई पक्राउ गरिएको छ। झापाको झापा गाउँपालिका–१ स्थितबाट इलाका प्रहरी कार्यालय कुमरखोद झापाले काभ्रेपलाञ्चोक घर भई हाल शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने ३० वर्षीय बिराज भुजेललाई १ ग्राम ६७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले लेटाङ नगरपालिका–२ का १८ वर्षीय सुमित ठकुरी र सोही स्थानका २५ वर्षीय बिकाश भुजेललाई १० ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका–२ स्थितबाट ९६ किलो १९८ ग्राम लागू औषध गाँजा बरामद गरेसँगै धनपालथान–१ नोचा का २७ वर्षीय सुमन कुमार साह र सोही स्थानका २७ वर्षीय अमर साहलाई पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले बेलबारी नगरपालिका–१ का ३१ वर्षीय अजय साहीलाई ३ ग्राम ८४० मिलिग्राम ब्राउन सुगर र को २७ प ७०७१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
त्यस्तै सुनसरीको दुहबी नगरपालिका–५ स्थितबाट इलाका प्रहरी कार्यालय दुहबीले इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय निमा शेर्पालाई १ ग्राम ब्राउन सुगरसहित, इलाका प्रहरी कार्यालय इटहरीले ६२० मिलिग्राम ब्राउन सुगरसहित इटहरी–५ का २३ वर्षीय बादल चौधरीलाई तथा इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय अनिष तामाङ, धरान–१३ की १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर र सोही स्थानका २१ वर्षीय अबिनास थापा मगरलाई ट्रामाडोल–३१३ क्याप्सुल, स्पास्पेन–१९५ ट्याब्लेट, स्पास्पेन प्रो–१०० ट्याब्लेट र स्पासरेस्ट–१० ट्याब्लेटसहित पक्राउ गरेको छ।