Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

रास्वपा इलामका विपद् समस्या र पार्टी सुदृढीकरणबारे रास्वपाको सभापति लामिछानेसँग छलफल

रास्वपा इलामका विपद् समस्या र पार्टी सुदृढीकरणबारे रास्वपाको सभापति लामिछानेसँग छलफल

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन २० २०८३


रास्वपा इलामका विपद् समस्या र पार्टी सुदृढीकरणबारे रास्वपाको सभापति लामिछानेसँग छलफल

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा( इलामले पार्टी सभापति रवी लामिछानेसँग इलाममा प्राकृतिक विपत्तिले सिर्जना गरेका समस्या, प्रभावित नागरिकको राहत तथा पुनःस्थापनालगायतका विषयमा विस्तृत छलफल गरेको छ।

छलफलमा हालैका प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको तत्काल राहत, पुनःस्थापना तथा दीर्घकालीन समाधानका लागि आवश्यक सरकारी पहलका विषयमा विशेष ध्यानाकर्षण गराइएको रास्वपा इलामले जनाएको छ। स्थानीय तहदेखि संघीय सरकारसम्म प्रभावकारी समन्वय गरी प्रभावित नागरिकका समस्या समाधानमा पहल गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।

त्यसैगरी, पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनउत्तरदायी बनाउने विषयमा पनि सहभागीहरूबीच सार्थक विचार–विमर्श भएको जनाइएको छ। संगठनलाई जनतासँग अझ नजिक बनाउँदै स्थानीय मुद्दालाई प्रभावकारी रूपमा उठाउने रणनीतिबारे समेत छलफल गरिएको जिल्ला सभापति दिनेश महतले जानकारी दिए ।

रास्वपा इलामले इलामवासीका समस्या र सरोकारका विषयलाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्‍याउने आफ्नो प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार