इलाम । भारतको नेशनल इन्स्टिच्युट अफ रुरल डेभलपमेन्ट एन्ड पञ्चायती राज (NIRDPR) ले नेपालका स्थानीय तहका जनप्रतिनिधिहरूका लागि १० दिने अन्तर्राष्ट्रिय शहरी सुशासन तालिम कार्यक्रम सुरु गरेको छ। कार्यक्रमले नेपाल–भारतबीचको दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
भारतको विदेश मन्त्रालयको सहयोगमा सञ्चालन भएको यो तालिम अगस्ट ३ देखि १२ सम्म चल्नेछ। कार्यक्रममा नेपालको कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका नगर प्रमुख, गाउँपालिका अध्यक्ष, कार्यवाहक प्रमुख तथा नगर/गाउँसभा सदस्यहरू सहभागी छन्। उद्घाटन समारोहमा भारतको विदेश मन्त्रालयका उपसचिव सकेता राजा मुनिसिपल्लीले क्षमता अभिवृद्धि र ज्ञान आदानप्रदानले नेपाल–भारत विकास साझेदारीलाई अझ सुदृढ बनाउने बताए।
नेशनल इन्स्टिच्युट अफ रुरल डेभलपमेन्ट एन्ड पञ्चायती राजका प्राध्यापकहरूले संस्थाले अन्तर्राष्ट्रिय ज्ञान आदानप्रदानमार्फत प्रभावकारी सुशासन प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। तालिममा शहरी सुशासन, स्थानीयकरण गरिएको दिगो विकास लक्ष्य (LSDGs), कृषि, बागवानी, सरसफाइ, ठोस फोहोर व्यवस्थापन, इको–पर्यटन, पूर्वाधार तथा प्रविधिसम्बन्धी विषय समेटिएका छन्।
सहभागीहरूले हैदराबाद, महाराष्ट्र र तमिलनाडुका सफल स्थानीय शासनका अभ्यासहरूको अवलोकन गर्नेछन्। उनीहरूले सिकेका अनुभवलाई नेपाल फर्किएपछि आफ्ना स्थानीय तहमा कार्यान्वयन गर्ने अपेक्षा व्यक्त गरेका छन्।
ल्क्ष्च्म्एच् का पदाधिकारीहरूले प्रभावकारी शहरी सुशासनका लागि व्यावहारिक सिकाइ र स्थलगत भ्रमण महत्वपूर्ण हुने बताएका छन्।