फिक्कल । इलामको माइजोगमाई गाउँपालिका २, जोगमाईमा स्कुलबाट घर फर्किरहेका बालकलाई बाढीले बगाएर मृत्यु भएको छ । खोल्मेस्थित लेप्चा परिवारमा मावलीघरमा बस्दै आएका बालक आहान खत्रीको मृत्यु भएको हो । दाङ घर भएक उनी आफ्नी आमासँग मावलीघरमा थिए भने बुबा वैदेशिक रोजगारीमा रहेको जनाइएको छ ।
जोगमाई भ्याली बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छुट्टी भएपछि मामाघर फर्कदै गर्दा स्थानीय बजुर खोलो (खोल्सो)मा आएको बाढीले बगाएर निकै तल जोगमाईसँग मिसिएको ठाउँछेउमै पुर्याएको माइजोगमाई २ का वडाध्यक्ष डम्बर सुवेदीले लोकल सन्देशलाई जानकारी दिए ।
लाश निकाल्न शसस्त्र प्रहरी पर्खिएर बसेको सुवेदीले जानकारी दिए ।