इलाम : भारतको दार्जिलिङमा जारी प्रतिष्ठित १०९औँ हर्लि मेमोरियल कप फुटबल प्रतियोगितामा आज रेडहर्स फुटबल क्लब इलाम र एनपी कलेज आमनेसामने हुदैछन् । १५ अगष्ट सम्म चल्ने दार्जिलिङको ऐतिहासिक प्रतियोगिताका रूपमा परिचित यस संस्करणमा नेपाल र भारतका गरी १८ वटा टोली सहभागी भएका छन्।
प्रतियोगिताको विजेताले २ लाख भारतीय रुपैयाँ तथा उपविजेताले १ लाख भारतीय रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको आयोजना दार्जिलिङ गोर्खा हिल स्पोर्टर्स एसोसिएसनले गरेको हो।