Local Sandesh बिहिबार, साउन २८ २०८३
  • ट्रेण्डिङ :

प्राध्यापक संघ इलामले गर्यो “गुरु पूर्णिमा विशेष : सम्मान तथा शुभकामना आदानप्रदान”

प्राध्यापक संघ इलामले गर्यो “गुरु पूर्णिमा विशेष : सम्मान तथा शुभकामना आदानप्रदान”

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १४ २०८३


प्राध्यापक संघ इलामले गर्यो “गुरु पूर्णिमा विशेष : सम्मान तथा शुभकामना आदानप्रदान”

इलाम : त्रिभुवन विश्व विध्यालय प्राध्यापक संघ महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले बुधबार “गुरु पूर्णिमा विशेष स् सम्मान तथा शुभकामना आदानप्रदान” कार्यक्रम गरेको छ । गुरु पूर्णीमाको अवसरमा क्याम्पस परसरमा भएको कार्यक्रममा सेवानिबृत्त १९ प्राध्यापकलाई सम्मान गरेको छ ।

सम्मानित हुने सेवानिवृत प्राध्यापकहरुमा उमाराम प्रसाईं, युद्धप्रसाद वैद्य, धर्मप्रसाद उप्रेती, रामचन्द्र पराजुली, देवेन्द्र गुरागाई ,जस बहादुर लुङ्गेली, धन बहादुर न्यौपाने, केशबहादुर राई, डम्बर पहाडी लगायत रहेका छन् ।

प्राध्यापक संघ महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका अध्यक्ष एलबी लुङ्गेलीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख गङ्गाराम पौडेल, संघका पूर्व सभापति तारानाथ पराजुली, सहायक क्याम्पस प्रमुख भीम रिजाल, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष रोहन भट्टराई ,त्रिवि कर्मचारी संघका सभापति केन्द्र खत्रीले शुभकामना बोलेका थिए ।

कार्यक्रममा पत्रकार महासङ्घ इलामका सभापति भीम चापागाईं प्राध्यापक, विद्यार्थी, कर्मचारीको उपस्थीति रहेको थियो । कार्यक्रममा गुरु महिमा, गुरु पूर्णिमाको महत्त्व विषयमा प्राध्यापक ऋषि अधिकारी र विद्यार्थी नानी सोनिका बशिष्ठले प्रवचन गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार