Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका गोविन्दलाई भारतको प्रतिष्ठित विश्वविद्यालयबाट दुई स्वर्णपदक

इलामका गोविन्दलाई भारतको प्रतिष्ठित विश्वविद्यालयबाट दुई स्वर्णपदक

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १४ २०८३


इलामका गोविन्दलाई भारतको प्रतिष्ठित विश्वविद्यालयबाट दुई स्वर्णपदक

इलाम : इलाम नगरपालिका–५, बरबोटेका ज्योतिषविद् गोविन्द सापकोटा भारतको संपूर्णानन्द संस्कृत विश्वविद्यालय, वाराणसी को ४४औँ दीक्षान्त समारोहमा दुई स्वर्णपदकबाट सम्मानित भएका छन्। सापकोटाले प्राचीन खगोलशास्त्र (सिद्धान्त ज्योतिष) विषयमा सर्वाधिक अंक प्राप्त गर्दै दुई स्वर्णपदक हासिल गरेका हुन्।

भारतमा आयोजित विशेष समारोहका बीच उनलाई उक्त सम्मान प्रदान गरिएको हो। ग्रामीण परिवेशमा जन्मिएका सापकोटाले कक्षा १२ सम्मको अध्ययन नेपालकै सरकारी विद्यालयबाट पूरा गरेका थिए। त्यसपछि उच्च शिक्षाका लागि करिब आठ वर्षअघि भारत प्रस्थान गरेका उनी वाराणसी लगायतका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत रहँदै ज्योतिषशास्त्रको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

विशेषगरी सिद्धान्त ज्योतिष तथा प्राचीन खगोलशास्त्रको अध्ययनमा निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएका सापकोटा अहिले यस क्षेत्रमा प्रतिभाशाली नेपाली विद्यार्थीका रूपमा परिचित बनेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार