Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सहसम्पादक ढकाल सहित ५ खेल पत्रकार पुरस्कृत

सहसम्पादक ढकाल सहित ५ खेल पत्रकार पुरस्कृत

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २४ २०८३


सहसम्पादक ढकाल सहित ५ खेल पत्रकार पुरस्कृत

इलाम । कोशी प्रदेशको खेल पत्रकारितामार्फत खेलक्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै लोकल सन्देशका सहसम्पादक नमिन ढकाल पुरस्कृत भएका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डले ढकाल सहित पाँच खेलकुद पत्रकारलाई पनि सम्मान गरेको हो ।

सम्मानित हुने पत्रकारहरूमा मोरङका विनोद भण्डारी, सुनसरीका अर्जुन सुवेदी, सुनसरीका अमर काफ्ले, ओखलढुंगाका नवराज कार्की रहेका छन्। उनीहरूलाई जनही ११ हजार रुपैयाँ सहित सम्मान गरिएको बोर्डले जनाएको छ।

सम्मानित व्यक्तिहरूलाई कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष रामप्रसाद मेहता, बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल र सदस्य सचिव विप्लव घोष लगायतले सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार