Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय सामाजिक प्रतिष्ठानको अध्यक्षमा सुवेदी

सूर्योदय सामाजिक प्रतिष्ठानको अध्यक्षमा सुवेदी

  • सन्देश सम्वाददाता
  • आइतबार, असार ७ २०८३


सूर्योदय सामाजिक प्रतिष्ठानको अध्यक्षमा सुवेदी

फिक्कल । सूर्योदय नगरपालिका–१०, फिक्कलस्थित सूर्योदय सामाजिक प्रतिष्ठानको छैटौँ अधिवेशनले कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। दशौँ वार्षिक साधारणसभासँगै सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि ९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा अर्जुन वेदना राई, सचिवमा दीपेन्द्र आचार्य तथा कोषाध्यक्षमा सावित्रा पोखरेल चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा रणवीर राई, बालकुमार फागो, कमल सुचा राई, युवराज ढुङ्गाना र मीरा ढुङ्गाना चयन भएका छन्।

प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता तथा अर्जुन निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरिएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइएको थियो। बन्दसत्रमा दीपक शर्मा अधिकारी, बुद्धिनाथ बराल र मुक्ता शर्माको अध्यक्षमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गराउँदै नयाँ कार्यसमिति चयन गरेको थियो।

नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद सुवेदीले संस्थाले विगतदेखि गर्दै आएको सामाजिक, शैक्षिक तथा सामुदायिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिष्ठानलाई समाजसँग अझ नजिक जोड्दै युवाको सहभागिता वृद्धि, सामाजिक उत्तरदायित्वका कार्यक्रम विस्तार तथा संस्थागत सुदृढीकरणमा विशेष जोड दिने बताएका छन्।

यसअघि सम्पन्न साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष देवीप्रसाद गौतम तथा लेखा समितिको प्रतिवेदन गायत्रा ओलीले प्रस्तुत गरेका थिए। कार्यक्रमले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विष्णुकुमार निरौला, ख्याम निरौला, धनकुमार तामाङ, केदारनाथ अर्याल, निर्मला कट्टेल, डिल्लीप्रसाद सुवेदी र सुशीला पौडेललाई सम्मान समेत गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार