इलाम : यु–१९ वुमन्स कोशी प्रदेश छनौटमा इलामले २ रनको रोमाञ्चक जित हासिल गरेको छ । उदयपुर माथि इलामले जित हासिल गरेको हो । टस जितेर ब्याटिङ रोजेको इलामले १३ ओभरमा ९ विकेटको क्षतिमा ४३ रन बनाएको थियो ।
इलामका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । इलामका लागि ओपनर इक्सा लिङदमले सर्वाधिक ९ रन बनाइन् । आयुष्का चम्लगाईले नटआउट ६ र सुशान्ता थेवेले ४ रन बनाइन् । इलामले अतिरिक्त २२ रन पाएको थियो ।
उदयपुरकी युनिसा राईले ३ ओभरमा १ मेडन राख्दै १५ रन दिएर ४ विकेट लिइन् । भेमिका बस्नेतले २ र झरना घिमिरेले १ विकेट लिइन । ४४ रनको समान्य लक्ष्य लिएर मैदान उत्रिएको उदयपुर ९ ओभरमा ४१ रनमा समेटियो ।
उदयपुरकी भेमिका बस्नेतले नटआउट १२ रन बनाउन बाहेक अन्य ब्याटरले ३ रन भन्दा बढिको स्कोर बनाउन सकेनन् । उदयपुरले २० रन अतिरिक्त पाएको थियो । उदयपुरका ब्याटरलाई धरासायी बनाउन सुशान्ता थेबे र निरजा विकले ३/३ विकेट लिए ।
युडेन मगरले २ विकेट लिइन् । खेलको प्लेयर अफ दि म्याच इलामकी सुशान्ता थेबेले घोषित भइन् । जितसंगै इलामले २ अंक बटुलेको छ । इलामले यसअघि मोरङ संग १० विकेट र झापासंग ८ विकेटले पराजय भोगेको छ ।