इलाम । ‘प्रथम चारआली गोल्डकप फुटबल प्रतियोगिता’ को उद्घाटन खेलमा रेडहर्स फुटबल क्ल्ब इलामले दार्जिलिङ फुटबल क्लब भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ । चाराली युथ क्लबको आयोजनामा जेठ १५ गते देखि २३ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद एक लाख रुपैयाँ, मेडल र ट्रफी हात पार्नेछ। साथै प्रत्येक खेलको उत्कृष्ट खेलाडी घोषित हुने ‘प्लेयर अफ द म्याच’ लाई नगद दुई हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।
त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद पाँच हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा रेडहस फुटबल क्लब इलाम, दार्जिलिङ फुटबल क्लब, चाराली युथ क्लब, केराबारी फुटबल क्लब, उर्लाबारी फुटबल क्लब, शनिश्चरे फुटबल क्लब, आदर्श फुटबल क्लब तथा बगान युथ क्लब रहेका छन्।