इलाम । किरात राई यायोक्खा इलाम जिल्ला कार्य समितिको ११ औँ जिल्ला अधिवेशनबाट प्रकाश रुङमाहाङ्ग राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा रोशन राई (खाप्तुवा) र निरुमाया राई चयन भएका छन् ।
सचिवमा प्रकाश राई (खाप्तुवा) चयन हुँदा सह–सचिवमा श्यामकुमार राई, मिलन वान्तावा राई र रोशन राई रहेका छन् । त्यस्तै कोषाध्यक्षमा हर्कमाया राई तथा सह–कोषाध्यक्षमा प्रकाश राई (सामसुहाङ्ग) चयन भएका छन् ।
सदस्यहरूमा दिलीप राई, रवीन्द्रप्रसाद राई, अम्बरबहादुर राई, कमलामाया राई, मिलन चाम्लिङ राई, रामकुमार राई, गणेशकुमार राई, गुञ्जकुमार राई, मिलन रुम्दाली राई, चेतनराज राई, बबिन राई, गौरभ चाम्लिङ राई, साङ्गेन राई र तिर्था राई चयन भएका छन् । बाँकी सदस्यहरू बैठकबाट थप गरिने जनाइएको छ ।