इलाम । इलाम नगरपालिका–१२ को श्री रत्नलक्ष्मी आधारभूत विद्यालयको अक्षयकोषमा माई नगरपालिका-४ निवासी प्रवास आचार्य (शर्मा) ले दश हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
आचार्यले विद्यालयको शैक्षिक विकास तथा अक्षयकोष सुदृढीकरणका लागि उक्त रकम सहयोग स्वरूप प्रदान गरेको विद्यालयका प्रधानाध्यापक उमाकान्त भट्टराईले जानकारी दिए ।
उक्त सहयोग रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री नवीनकुमार लिम्बूलाई हस्तान्तरण गरिएको थियो। विद्यालयले अक्षयकोष थप अभियानमा विभिन्न व्यक्तित्वहरूको निरन्तर साथ र सहयोग प्राप्त भइरहेको जनाएको छ।