इलाम । प्रथम बुद्ध राई स्मृति खुल्ला प्रदेश स्तरीय बी लेभल तथा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता जेठ १ गतेबाट हुने भएको छ । जेठ ३ गतेसम्म जिल्ला प्रहरी कार्यालयको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा प्रदेशस्तरीय बी लेभल र आन्तरिक गरी दुई विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको आयोजनामा जिल्ला ब्याडमिन्टन संघ इलाम रहेको छ भने सह–आयोजकका रूपमा इलाम ब्याडमिन्टन क्लब रहेको छ । प्रतियोगितालाई कोशी प्रदेश ब्याडमिन्टन संघ ले प्राविधिक सहयोग गर्ने जनाएको छ ।
बी लेभल तर्फ प्रथम हुने टोलीले नगद रु ४० हजार, द्वितीयले रु २५ हजार तथा तृतीय हुनेले रु १५ हजारभन्दा बढी पुरस्कार प्राप्त गर्नेछन् । यस्तै आन्तरिकतर्फ प्रथम पुरस्कार रु १२ हजार, द्वितीय रु ८ हजार र तृतीय पुरस्कार रु ६ हजार निर्धारण गरिएको छ ।
आयोजकका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई प्रतियोगितामा सहभागी गराइने छैन ।