Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रेस माथि लगाईएको अंकुसको इलामका सञ्चारकर्मी र कानुन व्यवसायीद्धारा बिरोध

प्रेस माथि लगाईएको अंकुसको इलामका सञ्चारकर्मी र कानुन व्यवसायीद्धारा बिरोध

  • सन्देश सम्बाददाता
  • मंगलबार, भाद्र १२ २०७५


प्रेस माथि लगाईएको अंकुसको इलामका सञ्चारकर्मी र कानुन व्यवसायीद्धारा  बिरोध

इलाम । इलामका पेशाकर्मीले सरकारले प्रेस माथि लगाएको अंकुश हटाउनु पर्ने बताएका छन । सरकारले भदौ १ गते देखि लागु गरेको मुलुकी संहिता (देवानी र फौजदारी) २०७४ ले जनताको अधिकार कुण्ठीत गर्ने भन्दै उक्त संहिता संच्याउन माग गरिएको हो ।
मंगलबार इलाममा नेपाल पत्रकार महासंघ इलाम शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी पत्रकार , कानुन ब्यवसायी , अधिकारकर्मी र गैससकर्मीले सरकारले लागु गरेको मुलुकी संहिता ले पत्रकारलाई पेसाबाटै बिस्थापीत गराउने भएकाले सच्याउन माग गरेका हुन् ।

कानुन ब्यावसायी सुधिर बोहोराले सरकारले लागु गरेको मुलुकी संहिताले सिंगो संचार क्षेत्र नै धरापमा परेको बताए । उनले एउटा कानुनलाई ब्यवस्थित गर्न खोज्दा अर्को क्षेत्र संकटमा परेको बताए ।  अधिबक्ता उत्तम पौडेलले तयारी बिना ल्याईएको मुलुकी संहिताले संचार जगतलाई मास्ने काम गरेको बताए । नौ महिना अघि नै उक्त कानुन संसदले पास गरे पनि त्यस प्रति चासो राख्न ढिला हुनु समग्र संचार क्षेत्रको दुर्गती भएको बताए । अधिबत्ता पौडेलले सरकारले लागु गरेको संहिता र संबिधान समेत बाझिएको बताए ।

गैससकर्मी राम रिमालले सरकारले प्रेस स्वतन्त्रता संगै गैसस र सहकारीमा समेत अंकुश लगाएको बताए । संबिधानमा एक थोक लेखिएको भए पनि कानुन निर्माण गर्दा अर्कै तरिकाले गरिएको बताए । रिमालले बिज्ञको सुझाव लिएर मात्र यस्ता कानुन बनाउन सरकारलाई आग्रह गरे अधिबक्ता बीर बहादुर खड्काले बर्तमान संहिताले अदालतलाई बढी अधिकार दिएकाले स्वयम् अदालतले नै जनताको अधिकार सुरक्षित गर्न नसक्ने बताए ।

खडकाले देशमा नियन्त्रीत पत्रकारिताको शुरुवात भएकाले उक्त संहिता सच्याउनु पर्ने बताए। कार्यक्रममा फरक बिचार राख्दै बरिष्ठ अधिबक्ता जसबहादुर लुंगेलीले जनतालाई हित हुने गरी ल्याईएको संहिता संग कोही पनि आत्तिनु नपर्ने बताए । कार्यक्रममा मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेले अवका दिनमा सरकारका कमजोरी लेख्ने ठाउ सकिएकाले सरकार एकात्मक भएको बताए । उनले अवका दिनमा स्वतन्त्र पत्रकारिता हुन नसक्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगुले संचार क्षेत्र माथि लगाईएका अंकुश खारेज गर्न सरकार संग माग गरे । पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीले उक्त संहिताका कारण धैरै संचार संस्था र संचारकर्मी बिस्थापीत हुने अवस्था आएको बताए ।  कार्यक्रममा पत्रकार महासंघ इलाम शाखा अध्यक्ष कोकीला ढकालले जिल्लामा रहेका सरोकारवाला संग छलफल गरेर उक्त संहिता सच्चयाउन सरकारलाई आग्रह गर्ने बताइन ।  कार्यक्रममा सहभागी पत्रकारले उक्त संहिताका कारण पत्रकारिता गर्ने या छाड्ने दोधारमा रहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार