Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेडहर्स इलाम दोश्रो पटक उपविजेतामा सिमित

रेडहर्स इलाम दोश्रो पटक उपविजेतामा सिमित

  • सन्देश सम्बाददाता
  • शुक्रबार, बैशाख २५ २०८३


रेडहर्स इलाम दोश्रो पटक उपविजेतामा सिमित

इलाम । रेडहर्स फुटबल क्लब इलाम लगातार दोश्रो पटक कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगिताको उपविजेतामा सिमित बनेको छ । पहिलो संस्करणमा पाँचथर फुटबल क्लबसंग ३–२ गोल अन्तरले पराजित बन्दै उपविजेता बनेको इलामलाई दोश्रो संस्करणमा तेह्रथुमको म्याङलुङ स्र्पोटिङ क्लबले २–१ ले हराएको हो ।

पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा संचालन भइरहेको प्रतियोगितामा सुरुवाती अग्रता तेह्रथुमले लिएको थियो । २८ औ मिनेटमा निशकुमार श्रेष्ठले डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ६३ औ मिनेटमा कप्तान बसन्त ओझाको लामो पासमा पुजन चौधरीले तेह्रथुमको अग्रता दोब्बर बनाए ।

२–० ले पछि परेको इलामले तेह्रथुमका कप्तान बसन्त ओझाले आत्मघाती गोलबाट अन्तर घटाउन पुगेको हो । ६९ औ मिनेटमा इलामका मदन जवेगुको लामो प्रहार हेडर क्लियर गर्ने क्रममा ओझाले आत्मघाती गोल गरेका हुन् । प्रतियोगिताको बिजेताले तेह्रथुमले ४ लाख २५ हजार ५५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र र उपविजेता इलामले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार